• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

पूर्ण आकारको पहिलो संघीय बजेट आज

काठमाडाैं, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।  संविधानको धारा ११९ अनुसार  अर्थमन्त्री डा युवराज खतिवडाले आज अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नुहुनेछ । संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।
बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नुहुनेछ । सरकारसँगै योजना आयोग गठनमा ढिलाई भएका कारण आगामी आर्थिक वर्षको बजेट निर्माणको काम ढिला गरी थालिएको थियो । वाम गठबन्धनको चुनावी घोष्णा र वामदेव गौतम कार्यदलले दिएको प्रतिवेदनलाई बजेटको आधार बनाइएको छ । 

प्रतिकृया दिनुहोस

नेपालमा आठ रेक्टरको भूकम्प आउने खतराः वैज्ञानिक

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय

"सङ्घीयता नयाँ विषय भएकाले बलियो बनाउन लाग्नुपर्छ"

काठमाडौँ, मंसिर । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा  प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आज

न्याय परिषदद्धारा प्रधानन्यायाधीशका लागि जोशी र राणाको नाम सिफरिश

काठमाडौँ, मंसिर । संवैधानिक परिषद् बैठक आज  बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बैठक