• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

चीनले बनायो संसारकै ठूलो टेलिस्कोप

क्षेत्रफल : ३० वटा फुटबल मैंदानभन्दा पनि ठूलो

बेइजिङ्ग । प्रविधिको विकासमा फड्को मार्ने मुलुकको अग्रपंक्तिमा चीन आउँछ नै । उसले विश्वमै नभएका अनौठा अनौठ चीज उत्पादन गर्दै विश्वलाई नै टक्कर दिइरहेको छ । ग्रेट वालकै कारण चीन विश्वमा परिचित छ । हालै तीन तले आकेसे पुल निर्माण गरेको चीनले अहिले पुनः यस्तै अनौठो र अचम्म लाग्दो संसारकै सवैभन्दा ठूलो दुरविन निर्माण गरेको समाचार सार्वजनिक भएको छ । 
आजको दुनियाँमा चीन विकास र प्रविधि र अर्थतन्त्रको हिसाबले तिव्र गतिमा अगाडि बढिरहेको छ । चीन संसारमा विकास र प्रविधिको हिसाबले अहिले अमेरिका जस्ता शक्ति राष्ट्रहरुलाई सजिलैं पछि छोड्न सक्ने ल्याकत राख्दैछ । उसले संसारमा नभएका विकास निर्माणका कामलाई सम्पन्न गरेर दुनियाँलाई चकित पारेको छ । 
चीनले दाबी गरेको संसारकै ठूलो दुरविन १८५ लाख डलरको लागतमा निर्माण गरिएको हो । यसमा झण्डैं ४५०० प्यानलहरु जडान गरिएको चीनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार जनाइए अनुसार  यसको क्षेत्रफल ३० वटा फुटबल मैंदानको भन्दा पनि ठूलो छ । यसको कुल क्षेत्रफल १।६ डायमिटर रहेको जनाइएको छ । 
संसारको सबैभन्दा ठुलो दुरविन अमेरिकासँग रहेको भए पनि चीनले भने आफूले निर्माण गरेको यो दुरविन सवैभन्दा ठूलो भएको दाबी गरेको छ । यसले निकै टाढा–टाढाको जानकारी लिन सकिने दाबी गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

भूकम्पले भत्किएको याे धरहरा : अब ११ तले बन्ने

काठमाडौं । विनाशकारी भूकम्प गएको साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु भएको छ। यसअघि कसले र कुन मोडलमा बनाउने भन्नेमा लामो समय बिते पनि