• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

अमेरिकी प्रतिनिधिमण्डल उत्तर कोरियामा

वासिङ्टन, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि अमेरिका पुगेको प्रतिनिधिमण्डलले वार्ता थालेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी शुरु भएका दुबैतर्फका अधिकारीहले जनाएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भनेका थिए— ‘अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ ।” उनले यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ र कुराकानी पनि भएको ट्रम्पले जनाएका छन् । तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारी सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन ।
यसअघि एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको पनि राष्ट्रपति ट्रम्पले बताएका थिए ।यसअघि गएको बिहीबार मात्र उत्तर कोरियाली नेता किमको आक्रोस् र अमेरिकाप्रतिको सत्रुतापूर्ण व्यवहारका कारण वार्ता स्थगन गर्नुपरेको बताएका राष्ट्रपति ट्रम्पले आइतबारको ट्वीटमा भने उत्तर कोरिया वार्ताप्रति निकै संवेदनशील रहेको बताएका छन् । यस पटकको उत्तर कोरियाको यो लचकता र संयमताका कारण पनि यसपटक अमेरिका  छोटै समयमा अर्काे निर्णय गर्न पुगेको र वार्ताका लागि तयार भएको केही विश्लेषकहरुको भनाइ छ । उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि निकै दबाब दिएको थियो । उसले निर्धारित समयमै वार्ता गर्न उत्तर कोरिया र अमेरिकालाई आग्रह गरेको थियो ।    
यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको पानुमजोममा भेट भएको हो । यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् । उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । किनभने सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि पहिलो पटक राष्ट्रपति तहमा यसरी शिखर भेट र वार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकामा १८ जना नेपाली पक्राउ

बीबीसी । अमेरिकामा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली मुलुकका नागरिक पक्राउ परेका छन् ।  ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ

चीन अमेरिका बीचमा कर बिवाद

काठमाडौं, असार । चीनबाट आयात हुने सामग्रीहरुमा अमेरिकाले थप कर बढाउने चेतावनी दिएको छ ।  चीनबाट अमेरिका निर्यात हुने दुई खर्ब डलरबराबरको

माल्दिभ्सका राष्ट्रपतिलाई १९ महिना जेल

माल्दिभ्स । माल्दिभ्सको  एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८०