• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

प्रदेश नंम्बर ७ : बलात्कारका घटनाका पीडित परिवारलाई ५ -५ लाख

प्रदेश ७ मन्त्रीपरिषद्को बैठक निर्णय


कैलाली, साउन । कैलाली कन्चनपुरमा भएका बलात्कारका घटनाका पीडित परिवारलाई ७ नम्बर प्रदेशले ५- ५ लाख रुपैया राहत दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले क्षतीपुर्ती दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रस्तावमा बैठकले २०७५ श्रावण १० गते वलात्कार पछि हत्या गरिएकी भिमदत्त नगरपालिका वडा नं २ वस्ने १३ वर्षिया वालिका निर्मला पन्तको परिवारलाई ५ लाख दिने भएको छ ।

पन्त हत्या प्रकरणमा भएको आन्दोलनका मृत्यु भएका भिमदत्त नगरपालिका वडा नं १८ वस्ने १४ वर्षिय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले  ५ लाख दिने निर्णय गरेको छ।

यस्तै  २०७५ असाढ १२ गते गैरीगंगा नगरपालिका वडा नं. ११ कि २१ वर्षिया माया विकको परिवारलाई पनि ५ लाख रुपयाँ दिने निर्णय गरेको छ। 
हत्यामा संगलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनको परिवारलाई क्षतिपुर्ती नदिएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो । उनको पनि वलात्कार पछि हत्या गरिएको थियो ।

प्रतिकृया दिनुहोस

कर्मचारीले काम पाएनन्

अछाम – काठमाडौं संघीयता कार्यान्वयनका क्रममा जिल्ला तहमा रहेका कतिपय कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएपछि कर्मचारीलाई कहाँ र कुन

प्रदेश ५ : सरकार मातहत रहने गरी कार्यालय स्थापना

नेपालगञ्ज, भदौ । बाँके र बर्दियालाई कार्य क्षेत्र बनाएर नेपालगञ्जमा कृषि ज्ञानकेन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ

"संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि प्रदेश बलियो बन्नुपर्छ"

पोखरा, भदौ । प्रदेशका मुख्य मन्त्रीहरूको  पोखरामा बसेको भेलाले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू