• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

हाकिमको २% तलब  काटिँदा जवानको भने २८% !

काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । 

सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती गरेपछि विवाद बढेको हो । 

सेनाले तय गरेको कार्यविधिमा २२ प्रतिशतसम्म रकम कटौती गर्ने उल्लेख छ । तर, तयसलाई समेत नाघेर कार्यालय सहयोगी र सिपाहीबाट २८ प्रतिशतभन्दा बढी रकम असुल्ने गरेको पाईएको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ । 

प्रतिकृया दिनुहोस

डीडीसीमा चलखेलः डेढ करोडको प्लास्टिक गायब

काठमाडौं – सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दही प्याकेजिङ गर्ने प्लास्टि (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात गर्छ । एक केजी

काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण

गोरखा – गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र

एक अमेरिकी डलर किन्न ११७ नेपाली रूपैयाँ

काठमाडौं । अमेरिकी डलरको मूल्यले ११७ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिददर मूल्य