• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

पूर्व राजदूत झाको बबरमहलस्थित निवासमै हत्या

काठमाडौं । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ। प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको हो। ओलम्पिया स्कूल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए। घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको हो। धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ। 
घटनास्थल आइपुगेको प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ। घटनास्थलमा महानगरीय प्रहरी प्रमुख डिआईजी मनोज न्यौपाने, काठमाडौं प्रहरी प्रमुख वसन्त लामा र अपराध महाशाखा धिरजप्रताप सिंह आइपुगेका छन्। प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ।

प्रतिकृया दिनुहोस

अदालतबाटै विवाह, इतिहासमै बन्यो पहिलो

  पाल्पा ।  मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो ।  तानसेन नगरपालिका वडा  ६ बस्ने ३४ बर्षिय सरोजराज

खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

काठमाडौं। नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। काठमाडौं

त्रिभुवन विमानस्थल खतराको सूचीमा

काठमाडौं। भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी