• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

तीन चलचित्रको व्यापारिक प्रतिस्पर्धा कस्तो ? 

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत गत शुक्रबारबाट हलहरुमा तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीन चलचित्रले प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेका छन् । शुक्रबारभन्दा शनिबार तीनै चलचित्रले केही बढी दर्शक पाएका छन् । यो साता ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’को व्यापारिक प्रतिस्पर्धा चलरिहेको छ । 

‘मिस्टर भर्जिन’
 ‘मिस्टर भर्जिन’ वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको हो ।  विशारद बस्नेतको निर्देशित  चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।
चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी। काप्रीले सम्पादन रहेको छ । चलचित्रले फरक कथावस्तुलाई उठान गरेका कारण चलचित्र हेर्ने दर्शक अन्य चलचित्रको तुलनामा बढी रहेको हल व्यवसायीको दाबी छ । 
‘ब्ल्याक’
त्यसैगरी गत शुक्रबारबाट देशका सिनेमा घरमा प्रदर्शनमा आएको ‘ब्ल्याक’ले पनि औसत व्यापार गरेको छ । चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा आकाश श्रेष्ठ , आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको मुख्य भूमिका रहेको छ ।मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् ।
आश्मा फिल्मस्को प्रस्तुति रहेको चलचित्र ‘ब्ल्याक’ लाई आश्मा पाण्डे गरेकी हुन् । चलचित्रमा रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

‘जय शम्भु’
यस्तै फ्राइडे रिलिज अन्तर्गत  ‘जय शम्भु’ पनि प्रदर्शनमा आएको छ । चलचित्र ‘जय शम्भु’ लाई रुपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् ।राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य हुन् ।
चलचित्रमा अनुप विक्रम शाही , प्रशान्त ताम्राकार, बर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको एक्सन लभस्टोरी जानरामा निर्माण भएको चलचित्र ‘जय शम्भु’ हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

प्रतिकृया दिनुहोस

 सृष्टिसँग साम्राज्ञी भिड्दै, धिरज र आकाश आशावादी  

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई चलचित्र ‘इन्टुमिन्टु लण्डन’मा र ‘बाँध मायाले’को व्यापारिक प्रतिस्पर्धा शुरु भएको छ । दुवै

‘पञ्चायत’ ओस्कारमा छनोट 

काठमाडौं । आगामी ओस्कार अवार्डमा नेपालबाट फिल्म ‘पञ्चायत’ भिड्ने भएको छ । सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी

‘अनुराग’ टोलीको व्यस्तता बढ्यो 

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको राम्रो प्रचार प्रसार हुन थालेको छ । चलचित्र प्रदर्शन अगावै निर्माण पक्षले दर्शक बटुल्न निकै दुःख कष्ट