• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

अमेरिकाले कर बढाउने निर्णयको विरुद्ध जी ७ अन्य मुलुकहरुको आलोचना

अमेरिकाले कर बढाउने निर्णयको विरुद्ध जी ७ अन्य मुलुकहरुको आलोचना

काठमाडौं, २० जठे । अमेरिकाले अघि सारेको ईयू, क्यानडालगायतका मुलुकहरुबाट आयात हुने कर बढाउने निर्णयको  जी ७ का अन्य मुलुकहरुले आलोचना गरेका छन् । अमेरिकाले भर्खरै मात्र ल्याएको कर बढाउने निर्णयको विरुद्धमा  जी ७ का अन्य मुलुकहरुका अर्थमन्त्रीले आलोचना गरेका हुन् । 

फ्रान्सका अर्थमन्त्री ब्रूनो ले मायरले अबको केही दिनमा व्यापार युद्ध सुरु हुनसक्ने चेतावनी दिए । यसैबीच अमेरिकाका वाणिज्य सचिव विल्बर रोसले चिनियाँ उपप्रधानमन्त्री लिउ हे इनसँग भेटी व्यापारिक तनाव कम गर्नका लागि आग्रह गरेका छन् । 

व्यापारिक हिसाबमा अन्य मुलुकहरुले अमेरिकाको शोषण गरिरहेको कारण यस्तो निर्णय ल्याइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । 

अमेरिकको कर बढाउने निर्णयको विरुद्धमा युरोपियन युनियन ९ईयू० र क्यानडाले यसअघि नै अमेरिकालाई चेतावनी दिइसकेको छ । 
आगामी साता अमेरिका र बाँकी सात मुलुकका अर्थमन्त्रीहरुको बीचमा हुन गइरहेको बैठकमा यस विषयमा थप छलफल हुनसक्ने बताइएको छ । 

अमेरिका भने अहिले चीनसँगको व्यापारघाटा कम गर्ने विषयमा चीनसँग वार्ताको क्रममा रहेको छ । यसअघि अमेरिकाले आफ्नो व्यापारघाटा घटाउनका लागि चीनसँग सम्झौता गरेको थियो । 

यद्यपि अमेरिकाले चीनलाई आगामी दिनमा थप ५० अर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामग्रीहरुमा कर लगाउने चेतावनी दिएको छ । 

अमेरिकाले ईयू तथा क्यानडालगायतमा लगाएको स्टिलमा १५ प्रतिशत र अल्मुनियममा १० प्रतिशत करको निर्णय कार्यान्वयनमा आइसकेको बताएको छ । 

क्यानडा, मेक्सिको र ईयूले सन् २०१७ मा २३ अर्ब अमेरिकी डलर बराबरको स्टिल अमेरिका निर्यात गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो नतिजा करिब आधा हो । 

प्रतिकृया दिनुहोस

मुकेश अम्बानीको छोरीको बिहेमा हिलारी क्लिन्टनदेखि बियोन्सेसम्म

एजेन्सी ।  भारतीय अर्वपति मुकेश र नीता अम्बानीको छोरी इशाको बिहेको तयारी सुरु भइसकेको छ। इशाको बिहे यही डिसेम्बर १२ मा आनन्द पिरामलसँग हुँदैछ।

भारतद्वारा अहिलेसम्मकै बढी वजनदार स्याटेलाइट प्रक्षेपण

बीबीसी । भारतको सबैभन्दा बढी वजनदार स्याटेलाइट जीसेट–११ लाई युरोपेली स्पेस एजेन्सीको प्रक्षेपण केन्द्र फ्रेन्च गयानाबाट बुधवार बिहान अन्तरिक्ष

पाकिस्तानको निम्तो फेरि भारतद्धारा अस्वीकार

काठमाडौं, मंसिर ।  दक्षिण एसियाली सहयोग संगठन (सार्क) को भारत पूर्णरुपमा बहिस्कार गर्ने दिशामा अग्रसर देखिएको छ । प्रत्येक २ वर्षमा हुनुपर्ने सार्क