• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

सुत्केरीलाई डोजर भरोसा !

काठमाडाैं । जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले ।

तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो । तर जने कसरी ? झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो । सवारीसाधान चल्न छाडेको धेरै भएको थियो ।

व्यथाले च्याप्दै लगेकाले पिठयुँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो । यस्तै अप्ठेरोम स्थानीय मिलन श्रेष्ठको डोजर काम लाग्यो । बर्ष दिनअघि मिलनले किनेको डोजर सुत्केरी व्यथाले छटपटाउँदै गरेकी शान्तिका लागि वरदान साबित भयो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

साँझ ७ बजे मनगाउँबाट हिँडेका उनीहरु राति १० बजे शैलुंगेश्वरको भैँसेबजारमा रहेको स्वास्थ्यचौकी पुगे । राति नै स्वास्थ्यचौकीकी अनमी सावित्रा पुलामी मगरले सुरक्षित तरिकाले शान्तिलाई सुत्केरी गराईन । शान्तिले छोरी जन्माईन । छोरी बाकेर मंगलबार बहान मिलनकै डोजरमा उनी घर फर्किइन ।

प्रतिकृया दिनुहोस

"सरकार अझै न्यायका लागि मैले के गर्नुपर्छ : न सरकार बोल्छ न सत्ताधारी दलका नेता "

  कञ्चनपुर, कात्तिक । छोरीको हत्यारा सार्वजनिकको माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच

सीमा ४८ घण्टा बन्द

दार्चुला  । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका