• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण बिहानै देखि देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण हल्का रुपमा सवारीसाधन चलेपनि लामा तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

केपी ओली नेतृत्वको सरकारले विप्लव नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल लगायत नेता कार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रति घोर आपत्ति जनाउँदै बन्दको आह्वान गरिएको हो ।

मकवानपुरमा बसमा आगजनी
नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ । मंगलबार विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो ।

भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ । त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद बस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधुकुमार थापाले बताए । घटनाका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । बन्दको कारण मकवानपुरमा सवारी कम चलेका छन् ।

भक्तपुरमा भेटिएका दुइ शंकास्पद वस्तु डिस्पोज
भक्तपुरको लोकन्थली र सूर्यविनायकमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पनजिक प्लाष्टिकको झोलामा प्रेसरकुकर राखिएको थियो ।

स्थानीयले उक्त झोला देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जनकारी पाउनासाथ घटनास्थल पुगेको सेनाको टोलीले बम निस्क्रिय पारेको हो । बन्दकै क्रममा भक्तपुरको सूर्यविनायकमा भेटिएको बम पनि सेनाको टोलीले निस्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको थियो ।

कपिलवस्तु के भयो ?

कपिलवस्तुका शिवराज नगरपालिका, विजयनगर गाउँपालिकामा बन्दको पूर्ण प्रभाव परे पनि अन्य ८ स्थानीय तहमा बन्दको आंशिक प्रभाव परेको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारी, उद्योगभन्दा, शिक्षण संस्था, कलकारखाना चलेका छैनन् । बन्दकर्ता सडकमा नउत्रिए पनि बन्दका प्रभाव यहाँ देखिएको हो । बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुको वाणगंगा ११ देउवापारमा सोमबार राती विष्फोट गराईएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बम विष्फोट गराएको ठूलै आवाज सुनिए पनि कुनै क्षति नभएको प्रहरीको भनाइ छ ।

जिल्लाका मुख्य बजार ४ नं. जीतपुर, इमिलिया, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर लगायतका स्थानमा बन्दको प्रभाव देखिएको छ । उद्यपि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ललितपुरका तीन ठाउँमा नक्कली बम
ललितपुरका तीन ठाउँमा नक्कली बम भेटिएको खबर छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।
तीनवटै ठाउँमा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको डिएसपी चन्दको भनाई छ । यी तीनै ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम राखेको पत्तो लगाएको थियो ।

नवलपरासीमा ट्रकमा आगजनी
पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम मंगलबार बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

गुल्मीमा मसाल जुलुस
गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताहरुले सोमबार राति मसाल जुलुस निकालेका थिए । सयौँ कार्यकर्ताहरुसहित निकालिएको मसाल जुलुसका क्रममा प्रहरीले धरपकड गरेन । विप्लवका कार्यकर्ताहरुले जिल्लाका धार्कोट गाउँपालिका, जैसीथोक गाउँपालिका, सत्यवती गाउँपालिका लगायतमा पनि मंगलबार राति मसाल जुलुस निकालेका थिए । विप्लवका कार्यकर्ता सक्रिय भएपछि त्यहाँ पनि बन्दको असर परेको छ ।

काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य रहेपनि सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । निजी तथा सरकारी विद्यालय बन्द भएका छन् । काठमाडौंको दक्षिणपूर्वी क्षेत्र गोकर्णेश्वरमा शंकास्पद वस्तु फेला परेको छ ।

गोकर्णेश्वर–२ नयाँपाटी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रेसर कुकरमा तार बाँधेर खतरा लेखिएको वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निस्क्रिय पारेको छ । यसैगरी सिन्धुपाल्चोकको फड्केश्वरमा पनि प्रेशर कुकर बम फेला परेको छ ।
बाजुरामा बम फेला 
बाजुराको बडिमालिका नगरपालिकाको मूल गेटमा शंकास्पद बस्तु भेटिएको छ । सोमबार रातिको समयमा विप्लव समूहले शंकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सदरमुकाम समेत रहेको उक्त नगरपालिकाको गेटमै शंकास्पद बस्तु भेटिएपछि जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा सुरक्षा दिएको छ भने डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।
बिहानैदेखि जिल्ला सदरमुकाम मार्तडी बजार त्रसित बनेको छ । शंकास्पद बस्तु राखिएको ठाउँ जिल्ला प्रशासन कार्यालय, बडीमालिका नगरपालिका र रावलवाडा तर्फ आवत जावत मुख्य ठाउँमा पर्दछ । 
अहिले सो ठाउँबाट आवत जावत गर्न स्थानीयलाई प्रहरीले रोक लगाएको छ । सदरमुकाम रहेको बजारभित्रकै नगरपालिकाको मूल गेटमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयहरू त्रसित बनेका छन् ।
 

प्रतिकृया दिनुहोस

संविधान दिवस, सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रम

काठमाडौं ।  नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ

"पम्फा भूषालले गरिन ओली र ‘अरिंगाल’को बचाउ "

काठमाडौं, असोज ।   प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको नेकपाकी सांसद पम्फा भूषालले बचाउ गरेकी छन् ।  तत्कालीन

"प्रहरी प्रमुख खनाल कि वादल ?, समितिमाथि समिति किन ?"

काठमाडौं, भदौ । निर्मला पन्त हत्या प्रकरणको प्रारम्भिक अनुसन्धान संलग्न पाँच प्रहरी निलम्बनमा परेका छन् । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा