• सोमबार १०-७-२०७५/Monday 01-21-2019

श्रीलंकामा मौसमी वर्षा, २३ को मृत्यु

कोलम्बो, १५ जेठ ।  श्रीलङ्कामा भीषण वर्षा सँगै आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । श्रीलंका प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले दिएको जानकारी अनुसार हजारौं व्यक्तिहरु बाढी पहिरो र चट्याङबाट प्रभावित बनेका छन् ।
अबिरल रुपमा परेको यस वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पु¥याइएको पनि जनाइएको छ । यस आइतबार मात्र परेको चट्याङमा परी पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी भारी वर्षाको कारण परेको डुबानमा २३ जनाको मृत्यु भएको डिएमसीमा प्रवक्ता प्रदिप कोदिपिलीले बताएका छन् । अझै पनि भारी वर्षाको क्रम जारी नै रहने अनुमान गरिएको छ । वर्षाले अति नै प्रभावित पारेको इलाकाबाट अझै पनि सुरक्षित इलाकामा लैजाने क्रम जारी रहेको बताइएको छ ।
वर्षा प्रभावित इलाकामा उद्धारकार्यको लागि  हजारौँको संख्यामा श्रीलंकाली सेना र प्रहरी तैनाथ गरिएको छ । यस प्रकोपबाट ४ हजार भन्दा बढी घर आंशिक वा पूरै रुपमा क्षतिग्रस्त भएको बताइएको छ । यस वर्षको मौसमको सुरुआतमै यसरी श्रीलंकामा प्रकोपले सताएको छ । गत वर्ष पनि यहाँको मौसमी वर्षाले ठूलो क्षति पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस

‘म नपुंसक हुँ तर मेरा तीन सन्तान छन्’

एजेन्सी ।  यो कहानी ब्रिटेनमा बस्ने एक यस्ता व्यक्तिको हो जो एक सफल व्यवसायी हुन् । उनी तीन सन्तानका पिता हुन् जसमध्ये दुई जुम्ल्याहा छोराको उमेर १९

मेक्सिकोको पाइपलाइन विस्फोटमा ज्यान गुमाउनेको संख्या ६६ पुग्यो

एजेन्सी । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको छ। घटनास्थलबाट ट्वीटमा उक्त

अत्यधिक हिमपातका कारण १८ को मृत्यु

भियना । अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ वर्षका दुई जना पुरुष