• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

भारतीय फिल्म स्टार कमल हसन, छुटै पार्टी गठन

मुम्बइ । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन्  ।  झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन् । उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ ।
 
फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन्  । उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन्  ।
 
“यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,” एएफपीसँगको एउटा अन्तर्वार्तामा उनले तमिलनाडुमा भने।
 
थपु्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ ।

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ ।

सो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गरेका छन् ।

हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताएका छन् ।  

मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु, उनले भने ।
 
हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गित गाएका छन् ।  एएफपी

प्रतिकृया दिनुहोस

प्रविधि प्रयोगमा फड्को मार्दै चलचित्र क्षेत्र 

काठमाडौं । प्रविधिको भरपूर प्रयोगले पछिल्लो समय सवैभन्दा फड्को मारेको क्षेत्र हो–चलचित्र क्षेत्र । त्यसो त प्रविधिको प्रयोगविना कुनै पनि काम सहज

मेक्सिकोकी सुन्दरीलार्इ मिस वर्ल्डको उपाधि

काठमाडौं, मंसिर । 'मिस वर्ल्ड २०१८' को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

टप पाँचबाट बाहिरिइन शृङ्खला

  काठमाडौं, मंसिर । ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम टप पाँचबाट शृङ्खला बाहिरिएकी छन ।  शृङ्खला टप १२ मा पुगेकी थिइन् । शनिबार साँझ भएको फाइनलको पहिलो