• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

"सरकारविरुद्ध लाग्ने शक्तिलाई नियन्त्रण गर"

राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गरिने


कास्की, साउन ।  नेत्र विक्रम चन्द विप्लवको नेतृत्वका कार्यकर्ताहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ। यो हप्तामै काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्गवहादुर विश्वकर्मा प्रकाण्डसहित करिव एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले पोखरामा पनि थप दुईलाई पक्राउ गरेको छ। 

गृहमन्त्री रामबहादुर थापा वादलको निर्देशनमा शनिवार नै नेपाल कम्युनिष्ट पार्टी कास्कीका दुई कार्यकर्तलाइ प्रहरीले पक्राउ गरेको हो। 
पक्राउ पर्ने नेकपा कार्यकर्ताहरुमा क्रान्तिकारी भूमीहिन सुकुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटी सम्मेलन आयोजक कमिटी सदस्य सागर काफ्ले रहेका छन । 
उनीहरुमध्ये घिमिरेलाई वडा प्रहरी कार्यालय बैदाम र काफ्लेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जानकारी दिएको छ।

गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु आपराधिक गतिविधिमा रहेका कारण पक्राउ गरिएको बताएका छन्। 
शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको बताएका थिए। 
“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,” उनले भनेका थिए। मन्त्री थापाले भनेका थिए, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।”
विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो। सरकारविरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

कांग्रेसभित्र गुटबन्दी, पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौँ – नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै

देउवा इतर नेताहरुको ग्राण्ड मिटिङ : आगामी रणनीतिबारे छलफल

काठमाडौं, मंसिर  । "नेपाली कांग्रेसमा कुनै समय देउवाका लागि  समर्थन जुटाउन जमघट गर्ने गरिएको चाक्सीबारी अहिले  देउवा इतरका नेताहरुको भेला