• सोमबार ५-४-२०७५/Monday 08-20-2018

३३ किलो सुन काण्ड : 'केश' पूर्णविराम लगाउने चलखेल


काठमाडौं, साउन । सुन तस्करबारे छानविन गर्न बनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ।  समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन। 
नेपाल समाचारपत्र लेख्छ, करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो। तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ। 

समितिले तीन सयभन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो।  केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ।  
टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ। 

बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री रामबहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन्। 
स्रोतका अनुसार, यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेतको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ। 

पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ। 
 

प्रतिकृया दिनुहोस

३४ राउण्ड गोली र एयर गनसहित एक पक्राउ

  बाँके, साउन । नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–९

६० किलो चरेशसहित पाँचजना पक्राउ

दाङ, साउन   ।  ६० किलो लागूऔषध चरेशसहित जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका पाँच जनालाई आइतबार साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा

मन्त्रीपरिषद मन्त्रीपरिषद बैठक : पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय

काठमाडौं, साउन । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आईतबार बसेको