• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

फष्टाउदै भारतमा नेपाली साहित्य

रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापना

 
काठमाडौ, साउन । कलकत्तामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका नोवल पुरस्कार विजेता कवि रविन्द्रनाथ ठाकुरको नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिएको छ । 
भारतमा रहेका भारतीय–नेपालीभाषी तथा रोजगारी, व्यवसाय, अध्ययनलगायत विभिन्न कारणले त्यहाँ रहेका नेपालीको संयुक्त पहलमा यस क्षेत्रका दुई अति विशिष्ठ कविहरूको नाममा प्रतिष्ठान गठनको पहिल गरिएको हो । 
दुबै देशको भाषा, साहित्य र संस्कृतिको विस्तार गरी जनस्तरको सम्बन्धमा नयाँ आयाम ल्याउने विश्वासले प्रतिष्ठानको आवश्यकता वोध गरिएको कलकत्तास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले बताए । 
उहाँका अनुसार कलकत्तामा यसअघि भानुभक्तको शालिक स्थापना गरिएको र अब भानु र रविन्द्रको योगदान चिरस्थायी गर्न प्रतिष्ठानको आवश्यकता महसुस गरिएको हो । 
कलकत्तामा क्रियाशील नेपाली समुदायका विभिन्न २६  संस्थाको पहलमा आगामी दिनमा प्रतिष्ठान स्थापनाको कानुनी तथा भौतिक तयारी तीव्र पारिने समितिका महासचिव रामबहादुर कार्कीले उल्लेख गरे । 
यसैबीच, नेपाली जनकल्याण समिति कलकत्ताको आयोजना र नेपाली महाबाणिज्यदूत कलकता, भानु प्रतिष्ठानन नेपाल, संयुक्त नेपाली केन्द्रीय सेवा संघ, भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्चको संलग्नतामा  कलकताको दासनगरमा २०५ औं भानुजयन्ती मनाइएको छ ।  
कार्यक्रममा भारत पश्चिम बङ्गाल राज्यका सहकारी मन्त्री अरूप रायले रवि–भानु प्रतिष्ठानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले गतवर्ष पनि आफूले यस्तै प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै प्रतिष्ठानका लागि स्पष्ट कार्ययोजना सहित प्रस्तुत हुन प्रस्तावक संस्थालाई आग्रह गरे । 
भानु प्रतिष्ठानका अध्यक्ष प्रा. डा. व्रतराज आचार्यले रविन्द्रनाथ ठाकुर र भानुभक्तको योगदानको चर्चा गर्दै दुबै प्रतिभाको नाममा नेपाल तथा भारतका भाषा, सहित्य तथा कलाको विकासमा योगदान दिन सकिने विश्वास व्यक्त गरे । 
प्रतिष्ठाका सल्लाहकार धर्मराज बरालले पश्चिम बङ्गाल सरकार र कलकतास्थित भारतीय निकाय भानुभक्तप्रति सकारात्मक रहेका बताउँदै भने, गत वर्ष नै मन्त्री अरूप रायले भानुभक्तको नाममा सडकको नामाकरण, प्रतिष्ठानका लागि जग्गा प्रदान गर्न र अन्य भौतिक सहयोग गर्न लिखित योजना माग्नु भएको तर नेपाली पक्षकै आन्तरिक तयारीले ढिला भएको जानकारी दिए । 
नेपाली भाषा साहित्यको विकासमा कलकत्तामा सक्रिय नाराणण होमागाईले कलकतामा ‘नेपाली घर’ निर्माण गर्न जग्गा खरिद गरिएको जानकारी दिदैं त्यसमार्फत भानुभक्त र रविन्द्र नाथ ठाकुरको योगदानको प्रचार प्रसारमा बल पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा,कलकतत्तानिवासी नेपाली साहित्यका अध्येता डा. सत्यप्रकाश तिवारी, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे, सचिव रमेश शुभेच्छु, कवि त्रिभुवनचन्द्र वाग्ले,  सुभद्रा भट्टराई बालिका बराललगायतले भानुभक्त आचार्य र रविन्द्रठाकुरको योगदन प्रचारप्रसारका लागि दुबै देशका नागरिकस्तरमा पहल हुनुपर्ने बताए । 


 

प्रतिकृया दिनुहोस

विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

लहान– विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको

रामजानकी विवाह पञ्चमी : 'पाँचौँ दिन आज मटको'

धनुषा, मंसिर  । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । विवाह

यो कस्तो परम्पराः ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

डोटी – सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई