• सोमबार ५-४-२०७५/Monday 08-20-2018

सिक्टा नहर प्रकरण : अख्तियारद्धारा पाँच सदस्यीय छानबिन समिति गठन

 

काठमाडौँ, साउन । सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्किएको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पाँच सदस्यीय समिति गठन गरेको छ । 
नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीरताका साथ ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा छानबिनका लागि आयोगका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले सञ्चारकर्मीलाइ जानकारी दिए । 
आयोगका अनुसार आयोजना निर्माणमा हालसम्म भएको काम कारवाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई एकीकृत गरी विस्तृत अनुसन्धान गरिने छ 
अध्ययन समितिले स्थलगत अध्ययन गरेको र विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

३४ राउण्ड गोली र एयर गनसहित एक पक्राउ

  बाँके, साउन । नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–९

६० किलो चरेशसहित पाँचजना पक्राउ

दाङ, साउन   ।  ६० किलो लागूऔषध चरेशसहित जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका पाँच जनालाई आइतबार साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा

मन्त्रीपरिषद मन्त्रीपरिषद बैठक : पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय

काठमाडौं, साउन । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आईतबार बसेको