• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

"अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति नदिनुस"

राज्य पुनःसंरचना संक्रमणमा नै


चितवन, साउन ।  समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेलाई उन्मुक्ति नदिन गृहमन्त्री रामबहादुर थापाले प्रहरीलाई निर्देशन दिएका छन । 
कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन  गर्ने क्रममा गृहमन्त्री थापाले यस्तो निर्र्देशन दिएका हुन ।   उनले थपे, समाजमा महिला, दलित, सीमान्तकृत वर्गलगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए । 
राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पु¥याउन सक्नेछन् भन्दै गृहमन्त्रीले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा त्यस्तालाई कारवाही गर्न कुनै कसर बाँकी राख्न नहुने धारणा राखे । 
आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखी कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने बताए। सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार पार्न प्रहरी कर्मचारी सामूहिक र समर्पित रुपमा कानूनसम्मत तरिकाले लाग्नुपर्ने बताए । 
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताको सुरक्षामा प्रतिबद्ध भएर लाग्न निर्देशन दिँदै भने, “आफ्नो व्यावसायिक भविष्य संगठनभित्रै खोज्नुहोस्, बाहिर नखोज्नुहोस् ।” 
 

प्रतिकृया दिनुहोस

"सुरक्षाको विषयमा प्रदेशले सङ्घसँग समन्वय गर्नुपर्छ"

विराटनगर, असोज ।  सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने नेपाली काङ्ग्रेस संसदीय दलका

कांग्रेस नेता बास्तोलाको आज अन्त्यष्टि गरिने

काठमाडौ । कांग्रेसका वरिष्ठ नेता चक्रप्रसाद बास्तोलाको आइतबार अन्तिम संस्कार गरिने भएको छ । विगत केही वर्षदेखि उपचाररत बाँस्तोलको शनिबार राति ९

"ओली सरकार संविधान विपरित काम गर्दैछ"

 बारा, असोज ।  ओली नेतृत्वको सरकार संविधान विपरीत कार्य गर्न उद्दत रहेको नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व गृहमन्त्री कृष्णप्रसाद