• सोमबार ७-५-२०७५/Monday 10-22-2018

प्रदेश नं ५ : नेकपा संसदीय दलको बैठक सम्पन्न

१५ सदस्यीय संसदीय दल बोर्ड गठन


बुटवल, साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचौ बैठक आज बुटवलमा सम्पन्न भएको छ । 
प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई चयन गरेको दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सञ्चारकर्मीलाइ जानकारी दिए । 

बैठकले १५ सदस्यीय संसदीय दल बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ चयन भएका छन । यस्तै सदस्यमा गीता थापा, सरस्वती गौतम, कमला भण्डारी, कमला विक, इन्द्रजित चौधरी, वसन्त घर्तीमगर, विष्णु पन्थी, आइ।पी खरेल, रामजी घिमिरे, कुलप्रसाद पोखरेल र धर्मबहादुर लाल श्रीवास्तव रहनुभएको प्रमुख सचेतक ढकालले जानकारी दिए। 

बैठकले संसद् स्थगन भएको अवस्थामा संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालय मन्त्रालयका कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यले विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जनाए। 

प्रतिकृया दिनुहोस

करार विधेयक तिहारभित्रै सरकारले ल्याउँछ : मुख्यमन्त्री राउत

पर्सा, कात्तिक । प्रखेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको देश नं २ का

प्रदेश ३ को आफुखुशी निर्णय

काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना ओएन्डएम भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक एकवटा मात्र राख्ने

प्रदेश २ : प्रहरी ऐन पारित, नेकपा असन्तुष्ट

  जनकपुरधाम, असोज  ।  सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ । शनिबार भएको प्रदेशसभा बैठकले बहुमतका