• सोमबार ७-५-२०७५/Monday 10-22-2018

कमल थापाले फेरी भने : " राजसंस्था अहिले पनि उत्तिकै सान्दर्भिक"

हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु भएको घोषणा



पोखरा,साउन  । राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्  । 
राप्रपा गण्डकी प्रदेश कार्यालयको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे।

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पुर्‍याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ ।
गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए ।

प्रतिकृया दिनुहोस

रामवीरको राजीनामा रोकियो : पराजयको संभावना रहेकाले उपनिर्वाचन नगरिने

काठमाडौँ, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय

'सरकारको कामकारबाहीका बिषयमा छलफल गरिदै'

काठमाडौ, कात्तिक । आन्तरिक कारण देखाउँदै पटक पटक स्थगित हुदै आएको सत्ता नेतृत्वकर्ता दल नेकपाको सचिवालय बैठक आज बस्दैछ ।  पार्टीको तल्ला कमिटिको

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी