• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष

काठमाडाैं । नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ । 

लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौँको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो । रु ३५ करोडको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी दिए ।  उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ । 

“भवन निर्माणले लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयोग पुग्नेछ,” उनले भने भवन निर्माणका लागि सरकारले चालू आवमा रु दुई करोड १० लाख विनियोजन गरेको छ । सो भवन बहुवर्षीय योजनाअनुसार निर्माण हुनेछ । हाल समितिले देशभरका लघु, घरेलु तथा साना उद्योगको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपस्थित हलमा गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

नेपालमा नेपालमा वातावरण घट्यो : यसरी तय गरिन्छ ' डुईङ विजिनेस र्‍याङ्किङ'

काठमाडौं, मंसिर  । विश्व बैंकले केही समय अघि सार्वजनिक गरेको विश्वको व्यापारको सुगमतासम्बन्धी प्रतिवेदन 'डुईङ विजिनेस' प्रतिवेदनमा नेपालको ५

आर्थिक उन्नतिमा सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ : धिताल

  काठमाडौ, मंसिर । नेपाली कांग्रेसका नेता एवं विद्युतीय यातायात परिवहन संघका केन्द्रीय अध्यक्ष्य विष्णु धितालले सरकार सर्वहारा वर्गको उन्नतिमा

समोसाको ब्यापार : समोसा बेच्दैछन मुनाफ गुगलको जागीर राजीनामा दिएर

  काठमाडौं, मंसिर  ।  पत्याउन नै कठिन, कसैले  गुगलको जागीर छोडेर  समोसाको ब्यापार गर्न थाल्यो भन्दा । तर यही भयो, भारतका मुनाफ कापडियाले यही गरे