• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

गोली चलाएर धनुषामा सुन चाँदी र पैसा लुटियो 

धनुषा । धनुषामा लुटेराले गोली चलाउँदा एकजना घाइते भएका छन् । मिथिला नगरपालिका ८ जम्मुनिवास चोकमा बिहीबार राति लुटेराले प्रहार गरेको गोली लागेर स्थानीय ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनको कम्मरमुनि दुईवटा गोली लागेको छ । जनकपुर अञ्चल अस्पातलमा उपचार हुन नसकेपछि श्रेष्ठलाई थप उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाउने तयारी भइरहेको छ । 
लुटेराको समूहले श्रेष्ठको घरको साढे ६ तोला सुन, १५ तोला चाँदी र साढे २ लाख ५० नगद लिएर भागेका छन् । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

मुगु – कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका

काठमाडौंको बानेश्वमार आगलागी...

काठमाडौं । काठमाडौंको वानेश्वरमा आज विहान आगलागी भएको छ । आगलागी भएको जानकारी पाएलगत्तै काठमाडौं उपत्यकामा दमकल आगो निभाउन त्यसतर्फ गएका छन्

लोकतान्त्रिक प्यानल भन्छ : यसकारण हामीलाई मत

काठमाडौं, मंसिर । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए ) को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता