• सोमबार ७-५-२०७५/Monday 10-22-2018

३४ महिलाको नुहाइरहेको भिडियो बनाएर पोर्न साइटमा हालेपछि...

एजेन्सी ।  ३४ महिलाको नुहाइरहेको भिडियो पोर्न साइटमा हालेको भन्दै पक्राउ परेका न्यूजिल्याण्डका एक व्यक्तिलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ ।   यी व्यक्तिले आफ्नो गेष्ट हाउसको बाथरुममा स्याम्पुको बोतलमा राखिएको क्यामराले भिडियो बनाउथे ।

उत्तरी द्वीपको हक्समा यी व्यक्तिले गोप्य तरिकाले दुई सय १९ वटा रेकर्डिङ गरेका थिए । यी सबै डिसेम्बर सन् २०१७ देखि फेब्रुअरी २०१८ बीच बनाइएको थियो ।

दोषी ठहरिएका व्यक्तिको पहिचान लुकाइएको छ ता कि उनकी श्रीमतीले कुनै प्रकारको समस्याको सामना गर्नु नपरोस् ।

ती व्यक्तिले केही भिडियोलाई पोर्न साइटमा हालेको स्विकारेका थिए ।

पुलिसका अनुसार पीडितमध्ये धेरैको उमेर ३० वर्ष मुनी छ । क्यामरा यस्तो प्रकारले लगाइएको थियो कि नुहाइरहेका युवतीको तस्बिर काँधदेखि घुँडासम्म देखिन्थ्यो ।

तर धेरैजसो भिडियोमा महिलाको अनुहार पनि रेकर्ड भएका थिए ।

स्पाई क्यामरा भएको स्याम्पुको बोतल घरमा बनाइएको थियो वा त्यसलाई अनलाईनमार्फत खरिद गरिएको थियो भन्ने बारे स्पष्ट जानकारी उल्लेख छैन ।

पुलिसले गेस्टहाउसमा बसेका महिलाको पहिचान गरेको छ । पुलिसलाई दिएको बयानमा ती महिलाले यसबारे थाहा पाउँदा चकित र दुःखी भएको बताए । आफ्नो भिडियो बनाउने व्यक्तिप्रति अत्यधिक रिस उठेको पनि उनीहरुले बताए ।

फेब्रअरीमा जब उनलाई पक्राउ गरिएको थियो तब उनले रमाइलाका लागि यस्तो गरेको पुलिसलाई जानकारी दिए ।

उनले अदालतमा दिएको बयान अनुसार क्यामरालाई उनले रिमोटबाट चलाउने गर्दथे । जब महिला बाथभित्र नुहाउन जान्थिन् तब उनी टाढै बाट क्यामरा अन गर्ने गर्थे ।

भिडियो बनाइसकेपछि उनले उक्त भिडियोलाई राती आफ्नो कम्प्युटरमा डाउनलोड गर्ने गरेको बताए ।

यीमध्ये थुप्रै भिडियो उनले पोर्न साइटमा पोष्ट गर्दथे । भविष्यमा थप प्रोत्साहित भएर अन्य भिडियो पोष्ट गर्नका लागि  भिडियो हेर्नेहरुलाई राम्रो कमेन्ट गरिदिन पनि उनी अपिलसमेत गर्थे ।

भिडियोको डिटेलमा ती व्यक्तिले युवतीबारे पनि जानकारी दिन्थे । उनले युवतीको धर्म र व्यवसायको जानकारीसमेत दिने गर्दथे ।

आफूले कसरी भिडियो बनाउनेबारे पनि उनले जानकारी दिन्थे ।

दोषी पाइएका व्यक्तिका वकिलले अदालतसामू उनको पहिचान गोप्य राख्न अपिल गरे । दोषीकी बिरामी श्रीमतीलाई मानसिक समस्याबाट छुटकारा दिलाउनका लागि यस्तो अपिल गरिएको बताइएको छ ।

वकिलको भनाई थियो कि यदि उनका श्रीमानको पहिचान सार्वजनिक गरिए उनको स्वास्थ्य थप खराब हुनसक्छ ।

यस्तै, दोस्रो पक्षका वकिलका अनुसार ती व्यक्तिले ३४ महिलाको अत्यधिक गोप्य पललाई सार्वजनिक गरेकोमा अपराध गरेका छन् ।

घटना सार्वजनिक भएपछि न्यूजिल्याण्ड पुलिसले यी भिडियो डिलिट गरेका छन् ।

दोषीलाई अक्टोबरमा सजायँ तोकिनेछ । उनलाई १४ वर्षको जेल सजायँ हुने अनुमान छ । बीबीसीबाट । 

प्रतिकृया दिनुहोस

नाइजेरियामा हिंसा भड्कियो : ५५ भन्दा बढीको मृत्यु

काठमाडौं, कात्तिक । नाइजेरियाको काडुना राज्यको एक बजारमा भड्किएको हिंसामा परी ५५ भन्दा बढीको ज्यान गएको छ ।  दुई समुदायको बीचमा देखिएको विवादपछि

भारतको अरुणाञ्चल उच्च जोखिममा : १८ वर्षपछि त्रास ब्रह्मपुत्रकै

नयाँ दिल्ली, कात्तिक । भूस्खलनका कारण चीनबाट बग्ने ब्रह्मपुत्र नदीको बहाब रोकिएपछि त्यसभन्दा तलका तिब्बती भूमिसँगै भारतको अरुणाञ्चल प्रदेश पनि

साउदीले भन्यो : " पत्रकार खाशोग्गीको मृत्यु भयो"

काठमाडौं, कात्तिक। साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको मृत्यु भइसकेको पुष्टि गरेको छ। यसअघि उनको मृत्युभएको अस्वीकार गर्दै आएको साउदीले