• आज : Wednesday 17 January 2018
    10:35:06 NST

गजल

जन्म हुनेछ पक्कै पनि जवानी हुनेछ !
घमण्ड नगर्नु रूप एकदिन खरानी हुनेछ ॥
 
हे!मनुष्यहरू मिलनसार बन्न सिक्नु होस्‌ !
रिस गर्ने बानीले आफ्नै हानी हुनेछ ॥
 
असल संगत सु-शिक्षा पायो भने एकदिन !
चोरको पनि बुद्वको झै बानी हुनेछ ॥
 
यो देशबाटै भोकमरी हट्दै जाने छ सरकार !
जब कृषि क्षेत्रमा धेर लगानी हुनेछ ॥
 
रोजगारीको ब्यबस्था भएन भने देशमा!
हो,सबको हात हातमा राहदानी हुनेछ ॥
 
धन बहादुर बिठारी'कैलाली'

Comment