• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

महिनाभरिको हाजिर एकै दिन ठाेकेर डा. राई टाप कसेपछि...

जाजरकोट - सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ । आजको कान्तिपुरले पृष्ठ १० मा यो समाचार छापेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् । उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर नै जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् । 

समाचारमा लेखिएको छ, जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो ।

प्रतिकृया दिनुहोस

विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

लहान– विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको

रामजानकी विवाह पञ्चमी : 'पाँचौँ दिन आज मटको'

धनुषा, मंसिर  । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । विवाह

यो कस्तो परम्पराः ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

डोटी – सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई