• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

अनुगमनकाे सुइकाे पाएपछि रातारात....?

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् । 

मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, बौद्धका स्थानीयवासीले मन्त्री आउने हल्ला सुनेपछि ठेकेदार कम्पनीले पानी जम्ने केही खाल्डाखुल्डी रातारात पुरेको बतउँछन् । 

'बुधबार बिहानसम्म बौद्धको टुसालदेखि जोरपाटीको सडकमा खाल्डामा पानी जमेर तलाउजस्तै देखिन्थ्यो', बौद्धका पासाङ शेर्पाले भने, 'ठेकेदारले किन रातारात काम गर्यो भनेको त अनुगमन आउने आउने थाहा पएर पो रहेछ ।' 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।

प्रतिकृया दिनुहोस

टुँडिखेलमा फूलपाती बढाइँ : विधिपूर्वक दुर्गाको आह्वान

काठमाडौँ, असोज । सैनिक मञ्च टुँडिखेलमा आज बडादशैँको सातौँ दिन फूलपाती बढाइँ गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ

आजदेखि चार दिनसम्म भूतमेला

गौशाला, असोज ।  बडादशैँका बेला परम्परादेखि सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा मंगलबारदेखि भूत मेला शुरु भएको छ

कार्तिक १६ मा कांग्रेसको चियापान : बाँस्तोलाको निधनले मिति परिवर्तन

  काठमाडौं, असोज । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ