• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

गम्भीर लापरबाहीले दिल्लीमा अड्किएको थियो जहाज

काठमाडौं ।  नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ । 

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो । 

निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर सँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो । 

तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए । आजको नागरिक दैनिकले समाचार छापेको छ ।  

'यताबाट सुरुमा १ सय ९० सिट क्षमताको बोइङ ७५७-२०० सिरिजको जहाज दिल्ली पठाउने भनेर उता जानकारी गराइयो', ती अधिकारीले भने 'तर, जाने बेलामा बोइङको सट्टा २ सय ७४ सिटे एयरबस ३३०-२०० सिरिजको वाइड बडी गयो ।'

प्रतिकृया दिनुहोस

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

मुगु – कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका

काठमाडौंको बानेश्वमार आगलागी...

काठमाडौं । काठमाडौंको वानेश्वरमा आज विहान आगलागी भएको छ । आगलागी भएको जानकारी पाएलगत्तै काठमाडौं उपत्यकामा दमकल आगो निभाउन त्यसतर्फ गएका छन्

लोकतान्त्रिक प्यानल भन्छ : यसकारण हामीलाई मत

काठमाडौं, मंसिर । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए ) को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता