• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

अमेरिकाले नेपाललाई ४ वटा स्काइ ट्रक यस कारण दिँदै


काठमाडौं । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । 

हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको 'इन्डो प्यासिफिक कमान्ड' मार्फत अमेरिकाले ४ वटा 'फिक्स विङ' स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो । 

यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ । 

ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् । 

तत्कालिन राजा ज्ञानेन्द्र शाहले विस २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता रोकेको थियो । 

२०५८ अघिसम्म अमेरिकाले नेपाललाई दिँदै आएको सैन्य सहायता पछिल्लो १५ बर्षमा रोकिए पनि पुनः सुचारु हुने भएको छ ।  
 

प्रतिकृया दिनुहोस

विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

लहान– विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको

रामजानकी विवाह पञ्चमी : 'पाँचौँ दिन आज मटको'

धनुषा, मंसिर  । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । विवाह

यो कस्तो परम्पराः ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

डोटी – सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई