• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

‘ट्रेलरको गाली तालीमा परिणत हुन्छ’

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री मरिश्का पोखरेल स्टारर कमेडी फिल्म ‘मिस्टर भर्जिन’ टोली यतिबेला चलचित्रको प्रमोसनमा जुटेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टोली चलचित्रका लागि व्यस्त बनेको हो । 
केही समय अघि अफिसियल ट्रेलर सार्वजनिक गरेको निर्माण पक्ष अहिले मोफसलका दर्शकमाझ साक्षात्कर गरिरहको छ । यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ टोलीले बुधवार चितवनमा एक कार्यक्रमको आयोजना गरेको हो । पत्रकार सम्मेलनमा अभिनेता पहारीले फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएकै कारण कसैले पनि नाक खुम्च्याउनु नपर्ने बताए । उनले भने ‘म प्रायः फरक जनराको फिल्म गर्दै आइरहेको छु । र, ‘मिस्टर भर्जिन’ मा पनि मेरो भूमिका फरक पाउनुहुनेछ ।’ यौन मनोविज्ञानमा आधारित रहेर नेपालमा पहिलो पटक सेक्स कमेडी बेसको फिल्म बनेको उनले बताए । पहारीले फिल्मको ट्रेलर हेरेर गाली गर्नेहरुको फिल्म हेरेपछि मन बदलिने समेत बताए । उनले भने– ‘ट्रेलर हेरेर गाली गर्नेहरु चलचित्र प्रदर्शनमा आएपछि पक्क ताली बजाउनेछन्, म ढुक्क छु ।’ 
यसैगरी, अभिनेत्री मरिश्का पोख्रेलले ‘मिस्टर भर्जिन’ मा आफूले कल गर्लको भूमिका निर्वाह गरेको बताइन् । उनले कल गर्लको भूमिकालाई न्याय दिन आफूले कल गर्लहरुको जीवन र दैनिकी बारे पनि लामो अध्ययन गरेको बताएकी छन् । त्यसैगरी कार्यक्रममा कलाकार कमलमणि नेपालले फिल्मले दिन खोजेको कन्टेन्ट निकै राम्रो भएको कारण आफूले ‘मिस्टर भर्जिन’ मा काम गरेको बताए । उता निर्माता प्रजापती सिवाकोटीले ‘मिस्टर भर्जिन’ राम्रो बनेको भन्दै दर्शकलाई एकपटक हेर्न आग्रह गरे । उनले फिल्म नहेरी कमेन्ट गर्नु भन्दा हेरेर मात्र कमेन्ट गर्न सबैलाई आग्रह गरेका छन् । 
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह–निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।
तीन भर्जिन युवाको कथा बोल्ने फिल्मको ट्रेलरमा राजधानीको ठमेलमा फस्टाएको यौन व्यवसायलाई पनि देखाउन खोजिएको छ । फिल्ममा अभिनेत्री पोखरेलले भूमिका पनि यस्तै रहेको ट्रेलरबाट बुझिएको छ । उनले ट्रेलरको एक संवादमा भनेकी छिन्– ‘टेन थाउजेन्ट पर पर्सन ।’ यो संवादले नै चलचित्रभित्र उनको भूमिकालाई प्रष्ट्याएको छ ।  चलचित्रले तीन युवाको यौन मनोविज्ञानलाई विशेष तरिकाले दर्शकमाझ पस्कने जमर्को गरेको देखिएको छ । चलचित्रकी अभिनेत्री मरिश्का भने यो चलचित्रबाट बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । उनको भूमिका पनि नितान्त फरक पाउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा नायिका छुल्ठिम गुरुङले पनि एउटा आइटम गीतमामा डान्स गरेकी छिन् ।
 

प्रतिकृया दिनुहोस

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि

‘मालिका’ले युनिभर्सल सर्टिफिकेट पाउँदा रेखा मक्ख 

काठमाडौं । अभिनयसँगै निर्देशनमा समेत अब्बलता हासिल गरेकी रेखा थापाको पछिल्लो चलचित्र मालिका प्रदर्शनका लागि तयार भएको छ । कार्तिक १६ गतेबाट