• सोमबार ५-४-२०७५/Monday 08-20-2018

कान्छीलाई अमेरिकामा सुखद् प्रतिक्रिया

काठमाडौं । अहिले नेपाली चलचित्र क्षेत्रको बजार विस्तार भएको छ । नेपालमा प्रदर्शनमा भएका सफल चलचित्रले विदेशी भूमिमा समेत दर्शकको समेत राम्रो साथ पाउन थालेका छन् । हालै आफ्नो चलचित्र कान्छी लिएर अमेरिका पुगेकी निर्मात्री स्वेता खड्का अहिले अमेरिकामै व्यस्त छिन् । उनको चलचित्र कान्छीलाई अमेरिकामा रहेका नेपाली दर्शकले रुचाएका छन् ।

अमेरिकाका विभिन्न शहरमा कान्छी प्रदर्शन भइरहेको छ । अहिलेसम्म प्रदर्शन गरिएको शो बाट चलचित्र निकै नै राम्रो बनेको प्रतिक्रिया पाएपछि निर्मात्री स्वेता पनि निकै नै खुशी छिन् । केही दिन अघि अमेरिकाको न्युयोर्क र बोस्टनमा सम्पन्न भएका तीन वटा शो मा स्वेता सहभागी भइन् । उनीसँग नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठ पनि शो मा सहभागी भैरहेका छन् । नेपालमा सफल भएको ‘कान्छी’को अमेरिकामा अझै केही शहरहरुमा विशेष शो देखाइनेछ ।

निर्मात्री स्वेताले भनिन्–‘चलचित्र नेपालमा दर्शकले जसरी रुचाएका थिए उसैगरी प्रवासी नेपालीहरुले पनि रुचाएका छन् ।’ कान्छीको अमेरिका शो बाट उठेको रकम माझी बस्ती निर्माणमा लगाइने उनले बताइन् । आकाश अधिकारी निर्देशित चलचित्र कान्छी मा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने साथमा दयाहांग राई, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका अभिनय छ ।

त्यसो त निर्मात्री स्वेता अभिनयसँगै सामाजिक कार्यक्रमा समेत सक्रिय रहँदै आएकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समय चलचित्रबाट टाढा रहेकी उनी कान्छी लिएर दर्शकमाझ आएकी हुन् । त्यसका अलावा उनी स्वेताश्री फाउण्डेशनमार्फत सामाजिक कार्यमा सक्रिय छिन् । उनले सिन्धुपाल्चोकको माझी बस्ती निर्माण गरिरहेकी छिन् । गत २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्ती ठड्याउने जमर्कोमा साथ दिन समेत उनले आग्रह गर्दै आएकी छिन् । 
 

प्रतिकृया दिनुहोस

तीन चलचित्रको व्यापारिक प्रतिस्पर्धा कस्तो ? 

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत गत शुक्रबारबाट हलहरुमा तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीन चलचित्रले प्रदर्शनको पहिलो दिन औसत व्यापार

मह जोडीले बनाउने भए ‘दाल भात तरकारी’ 

काठमाडौं । सुपरहिट फिल्म ‘शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ निर्माणको घोषणा गरेको छ । मह सञ्चारको ब्यानरमा किरण केसी

‘मिस्टर भर्जिन’आजबाट दर्शकमाझ

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा ‘मिस्टर भर्जिन’ प्रदर्शनमा आउने भएको छ । सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट