• सोमबार ५-४-२०७५/Monday 08-20-2018

कथा काठमाडाैंः ‘रातका कुरा’पछि अहिले–जुन अनि ताराका...!

काठमाडौं । सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाडौं’ युनिटले दोस्रो जित सार्वजनिक गरेको छ । पहिलो गीत ‘रातका कूरा’ सार्वजनिक हुँदा आलोचना खेपेको निर्माण पक्षले दोस्रो गीतमा पनि रातकै कुरालाई कोट्याउँदै ‘जुन अनि ताराका...’ कुरालाई बजारमा सार्वजनिक गरेको छ । 
‘रातको कुरा...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिन पश्चात् विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डु’ को दोस्रो गीत सार्वजनिक भएको हो । ‘जुन अनि तारा...’ बोलको गीतमा तीन जोडी फिचर्ड छन् । ड्रग एडिक्सनमा फसेका प्रमोदसँग प्रियंकाको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग एकोहोरो प्रेम गीतको भिडियोमा देखाइएको छ । 
सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।  संगीताले नै यो फिल्मको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । 
‘कथा काठमाण्डौं’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।  ‘लष्ट, लभ र लाइभ’लाई उठान गरेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।
चलचत्रले काठमाडौंमा हुने विभिन्न तीन फरक कथालाई दर्शकमाझ देखाउन खोजेको छ । जसमा रातको कथा पनि एउटा हो । काठमाडौंमा  हुने यौन व्यवसायलाई कथा काठाडमौंको एउटा कथाको रुपमा लिएको छ । क्लब, डान्स बार तथा पबमा मदिरामा लट्ठ बनेका युवायवतीहरुबीच कथा काठमाडौंभित्र रातको कथा शुरु हुन्छ । जसको भूमिका नायक प्रमोद अग्रहरि र नायिका प्रियंका कार्कीले निभाएको पहिलो गीतबाट प्रष्टिएको छ । झट्ट हेर्दा निर्माण पक्षले दर्शक बटुल्ने अस्त्र बनाएको देखिए पनि निर्माण पक्षले भने काठमाडौंको एउटा वास्तविकतालाई चलचित्रमा उतारेको दाबी गरेको छ । 
त्यसो त निर्देशक संगीतका अनुसार ‘कथा काठमाडौं’ आम नेपालीको कथा हो । उनले भनिन् ‘यही काठमाडौंमा संघर्ष गर्नेहरुको कथा त भइहाल्यो, त्यो भन्दा पनि गाउँ घरदेखि देश–विदेशमा बस्नेहरुको आफन्तहरु पनि काठमाडौंमा बस्ने भएको हुँदा उनीहरु पनि यस कथामा प्रत्यक्ष अप्रत्यक्ष जोडिन्छन् ।’ 
आहाना फिल्मको ब्यानरमा विजय राइले निर्माण गरेको फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिँदै छिन् । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने मित्र गुरुङले सम्पादन गरिरहेका छन् । पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।
 

प्रतिकृया दिनुहोस

तीन चलचित्रको व्यापारिक प्रतिस्पर्धा कस्तो ? 

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत गत शुक्रबारबाट हलहरुमा तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीन चलचित्रले प्रदर्शनको पहिलो दिन औसत व्यापार

मह जोडीले बनाउने भए ‘दाल भात तरकारी’ 

काठमाडौं । सुपरहिट फिल्म ‘शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ निर्माणको घोषणा गरेको छ । मह सञ्चारको ब्यानरमा किरण केसी

‘मिस्टर भर्जिन’आजबाट दर्शकमाझ

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा ‘मिस्टर भर्जिन’ प्रदर्शनमा आउने भएको छ । सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट