• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

एसिया कप छनोटका लागि पहिलो चरणमा १९ खेलाडी छनोट

काठमाडौं । एसिया कप छनोट प्रतियोगिताको लागि प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिल विहीबार १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।
मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको समितिले बिहिबार १९ खेलाडीलाई बन्द प्रशिक्षणमा डोकेको छ । मंगलबारबाट सुरु हुने प्रशिक्षणमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसहित बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी रहेका छन् । त्यस्तै आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कार्मी, सुवास खकुरेल, सुनिल धमाला र सुशन भारी टोलीमा समेटिएका छन् ।
१९ खेलाडीबाट एसिया कप छनोटका लागि १५ खेलाडीको अन्तिम नामवाली घोषणा हुने बताइएको छ । एसिया कप छनोट अगस्ट अन्तिममा हुनेछ । त्यसअघि टोलीले अन्तिम तयारी र तीन अभ्यास खेलका लागि श्रीलंका भ्रमण गर्ने बताइएको छ । क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई अर्को साता नेपाल आउने भएका छन् । छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ । उपाधि विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ ।

नेपालले त्यसपछि आयोजक मलेसियासंग सेप्टेम्बर १, सिंगापुरसँग सेप्टेम्बर २ र हङकङसँग सेप्टम्बर ४ मा प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको विजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट भइ जाने एक टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कप भदौं ३० गतेबाट असोज १० गतेसम्म युएइमा हुँदैछ ।
 

प्रतिकृया दिनुहोस

ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको

छैटौं चरणका खेल समाप्त, सातौं चरणका खेल भोलिबाट

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार भएको खेलमा उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले बराबरी खेल्दै लिगको

ईपीएलमा यसरी माहोल तताउने छन् इंग्ल्याण्डका यी ६ सुन्दरीले 

काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन