• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

भारतसँग यु–१९ टोलीले सिरिज खेल्ने पक्का 

काठमाडौं । यु–१९ एक दिवसीय क्रिकेट सिरिजमा सहभागिताका लागि भारतले गरेको प्रस्तावलाई स्वीकार्दै नेपालले सहभागिता जनाउने भएको छ । नेपाली यु–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले नेपालले सहभागिता जनाउन लागेको जानकारी दिएका हुन् । नेपाली टोलीका प्रशिक्षक दासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिरिज खेल्ने जानकारी दिए । 
नेपाली यु–१९ क्रिकेट टिमलाई तयारी अवस्थामा राख्नका लागि ३ दिनको छनोट प्रतियोगिता राखेको पनि प्रशिक्षक दासले जानकारी दिए । साउन २८, २९ र ३० गरी ३ दिन रातोपुलस्थित भेलोसिटी एरिनामा छनोट हुनेछ । छनोटमा सहभागिताका लागि सन् १९९९ सेप्टेम्बर १ तारिखपछि जन्मिएका खेलाडीले मात्र भाग लिन पाउने छन् । त्यस्तै, खेलाडी १६ वर्ष पुगेको हकमा भने नागरिकता लिएर उपस्थित हुनुपर्नेछ भने त्यो भन्दा कम भएको खण्डमा सीडिओ कार्यालयबाट आफ्नो जन्म मितिको डकुमेन्ट लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, प्रशिक्षक दासले आईसीसीको स्वीकृति कुरेर बसेको पनि बताए । प्रशिक्षक दासले भने ‘आईसीसीबाट स्वीकृत हुन केही समय लाग्ला । तर आईसीसीले स्वीकृत नदिने कुनै कारण छैन । किनभने एसिया कपको तयारीको लागि पनि हो ।’

नयाँ प्रतिभाको खोजी
भारतमा हुने यू–१९ एकदिवसीय सिरिज र बंगलादेशमा हुने यू–१९ एसियाका कपका लागि टिम निर्माण गर्न प्रशिक्षक विनोद दासले युवा खेलाडीको ओपन ट्रायल गर्ने भएका छन् । यू–१९ टिमका मुख्य प्रशिक्षक दासले आफ्नै सक्रियतामा यही साउन अन्तिममा खेलाडी छनोटका लागि ट्रायल गर्न लागेका जानकारी दिएका हुन् ।
‘यू–१९ सिरिज र यू–१९ एसिया कपलाई मध्यनजर गर्दै यही साउन २८ देखि ३० सम्म भेलोसिटी एरेनामा ओपन ट्रायल गर्दैछु । आइसीसी र एसियाको प्रक्रिया लामो हुने भएकोले आफ्नै सक्रियतामा यो काम गर्न लागेहो हुँ ।’ दासले भने । गत वर्ष एसिया कप खेलेका यु–१९ टोलीका ४ खेलाडी हाल सिनियर टिममा खेलिरहेका छन् भने अन्य खेलाडीले पनि प्रतियोगिताहरु खेल्न पाएका छैनन् । 
नयाँ प्रतिभा खोज्न र देशैभरीबाट खेलाडी आउन् भन्ने उदेश्यले यो ओपन ट्रायल गर्न लागिएको हो । ‘अहिले मनसुन चलिरहेको र ठाउँ पनि उपलब्ध नभएका कारण इन्डोरमा ट्रायल हुनेछ ।’ ट्रायलमा १ सेप्टेम्वर १९९९ यता जन्मेका खेलाडीले भाग लिन पाउनेछन् । १६ वर्ष कटेकाले अनिवार्य नागरिकता र नकटेकाले जिल्लाबाट आवश्यकत कागज पत्र ल्याउनुपर्ने दासले बताए । दासका अनुसार तीन दिनको ट्रयालपछिमा कम्तीमा ९ खेलाडी छानिनेछ । ‘त्यसबाहेक गत वर्षको यू–१६ टिमको १४ जना, सात प्रदेशबाट ३–३ जनाका दरले २१ गरी कूल ४४ जनाको यू–१९ क्याम्प राखिनेछ । राम्रो ट्यालेन्ट आए ओपन ट्रायलबाट केही खेलाडी थप छानिन सक्नेछन् ।’ दासले खेलाडी छनोट प्रकियाबारे जानकारी दिए । 
यस्तै उक्त ट्रायलमा युवा प्रशिक्षकहरुलाई पनि संलग्न हुने आफूले जानकारी गराएको दासले बताए। ४४ जनाको क्यापबाट यू–१९ टिमका लागि अन्तिममा १२ खेलाडी छनोट गरिनेछ । छनोट भएका १२ र गत वर्षको यू–१९ टोलीमा रहेका ७ गरी १९ जनाको टिम निर्माण गरिनेछ । त्यसैबाट भारतमा हुने सिरिज र बंगलादेशमा हुने यू–१९ एसिया कपका लागि टिम घोषणा गरिनेछ । 
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारतको २ वटा टिम, अफगानिस्तानसहित गरी नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको थियो । भारतको यु–१९ टोली, भारतकै नेसनल क्रिकेट एकेडमी (एनसीए) र अफगानिस्तानको यु–१९ र नेपालको यु–१९ टिमले सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । नेपालको लागि यो सिरिज एसिया कपको तयारीको रुपमा पनि रहेको छ । त्यसैलाई मध्यनजर गर्दै सिरिजमा भाग लिन लागेको प्रशिक्षक दासले जानकारी दिए । अक्टोबरमा बंगलादेशमा आयोजना हुने एसिया कपमा नेपालसहित, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोली रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको

छैटौं चरणका खेल समाप्त, सातौं चरणका खेल भोलिबाट

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार भएको खेलमा उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले बराबरी खेल्दै लिगको

ईपीएलमा यसरी माहोल तताउने छन् इंग्ल्याण्डका यी ६ सुन्दरीले 

काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन