• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018

चार लिबियाली सैनिकको मृत्यु

त्रिपोली, १५ जेठ । लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको छ ।     सोमबार बिहान दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीहरुले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका छन् ।
यस झडपको क्रममा अन्य कैयौँ व्यक्ति घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । हाल झडप जारी नभएको भए पनि सैनिक बलतर्फ ठूलो क्षति भएको जनाइएको छ । गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए । उक्त क्षेत्रमा पछिल्लो समयमा सेनाले कडा मात्रामा गस्ती गर्ने गरेको तर विद्रोहीहरुले भने सेनामाथि नै आतङ्ककारी हमला गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

जब रगतले समुद्र नै रक्ताम्य बन्यो...?

बीबीसी । स्कटल्याण्डको फअरो आइसल्याण्डस्थित एक समुन्द्र रगतले रातो भएको भयो । वास्तवमा ह्वेलको शिकार गरिएकाले पानीमा रगत मिसिएपछि समुन्द्र रातो

फिजिमा ८.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ । आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको

"चिनियाँ विज्ञको सुझाव : बच्चा छैन ? कर तिर्नुस्"

बेइजिङ, भदौ ।  चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् ।  उनीहरूले बच्चा जन्माउन