• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

"निशान अपहरणमा संलग्नको ईन्काउन्टरबारे छानविन हुन्छ "

सरकारको आधिकारीक धारणा आउन बाँकी


काठमाडौं, साउन  ।  काँडाघारीमा बस्ने ११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न दुई अपहरणकारीको ईन्काउन्टरबारे अनुसन्धान  गरिने भएको छ । 
संसदको राज्यव्यवस्था समितिको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले  निशानको अपहरणपछि हत्या गरेका गोपाल र अजय तामाङको ईन्काउन्टरबारे  जानकारी दिदै उक्त कुरा  बताएका हुन् ।
ठकमा उनले भने, ‘विशेष गरेर यो ईन्काउन्टरबारे सरकारको आधिकारीक धारणा बाहिर आईसकेको छैन, यो बारेका छानविन गरेर स्पस्ट पार्छौँ ।’

राज्य व्यवस्था समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले गरेको ईन्काउण्टर शंकास्पद भएकाले यस्तो अवस्था सृजना हुनुको कारणबारे सोधपुछ गर्न प्रहरी महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे ।
गएको सोमबार प्रहरीले सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङ मुठभेडमा मारिएको भनेको थियो । 
प्रहरीले अपहरणकारीसँग जम्काभेट हुँदा आफूहरुमाथि गोली चलेको र आत्मरक्षाका  लागि गोली चलाएको वक्तव्य निकालेको छ ।
तर, प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन ‘बनावटी ईन्काउण्टर’गरेको भन्दै आलोचना भएको छ । अपहरणमा संलग्न भनिएका गोपाल र अजयको डेरासँगै जोडिएका मान्छेले उनीहरुलाई कोठामा ढोका थुनेर कुटेको र पछि प्रहरीकै गाडिमा हालेर जंगलतिर लगेको बताए । घटनापछि बाहिर आएका कुराहरुलाई लिएर पूर्व प्रहरी उच्च अधिकारीहरुले प्रहरी अनुसन्धानबारे प्रश्न उठाएका छन् । उनीहरुले यसरी मान्छे मार्न नपाईने बताएका छन् । 

प्रतिकृया दिनुहोस

'को होला नयाँ प्रधानन्यायाधीश ? ' हुँदै सिफारिस : आज संवैधानिक परिषद बैठक

काठमाडौं, मंसिर । आज धानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक  ११ बजे बस्दैछ । नयाँ प्रधानन्यायाधीश को होला भन्ने कौतुहलता जागेका बेला

'पछिल्लो अनुसन्धान पनि शंकास्पद : पाँच महिना पुग्यो, प्रहरी हत्यारा नजिक पुग्न सकेन'

काठमाडौं, मंसिर । "कञ्चनपुरकी  निर्मला पन्तको बलात्कारपछि हत्या  गरिएको प्रकरणको अनुसन्धान जटिल मोडमा पुगेको छ । १३ वर्षीया निर्मलालाई

"जहाँबाट उठाएर तत्कालीन माओवादीका प्रमुख प्रचण्डसंग तत्कालीन गृहमन्त्री सिटौलाले वार्ताको थालनी गरे "

काठमाडौं, मंसिर । कास्कीको  सिक्लेस - जहाँबाट सशक्त द्धन्द्धमा रहेको तत्कालीन माओवादीका प्रमुख प्रचण्डसंग तत्कालीन गृहमन्त्री सिटौलाले वार्ताको