• सोमबार ७-५-२०७५/Monday 10-22-2018

"मौलिक हकका विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने"

विभिन्न बढुवा तथा पदस्थापन


काठमाडौँ, साउन ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मौलिक हक अन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।  बैठकले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव्म सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
त्यसैगरी जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय बैठकले गरेको पनि उनले बताए । 
बैठकले प्रदेश नं ५ का कायममुकायम प्रमुख सचिव तीर्थराज ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आनन्दराज ढकाल र गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवा भएका तीर्थराज ढकाललाई प्रदेश नं ५, आनन्दराज ढकाललाई प्रदेश नं ३ र केदार न्यौपानेलाई प्रदेश नं १ को प्रमुख सचिवमा पदस्थापन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए ।
त्यस्तै प्रदेश नं ३ का प्रमुख सचिव रश्मिराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरेको छ । नेपाल लेखापरीक्षण सेवाको विशिष्ठ श्रेणीको पदमा राममाया कुँवरलाई बढुवा गरिएको छ । 
बैठकले पोखरा लेखनाथ नगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका कायम गरेको छ ।
यसैगरी बैठकले किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता बमोजिम आव २०७५–०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । 
जसअनुसार मोटा धानको प्रतिक्विन्टल दुई हजार ३३१ रुपैयाँ २२ पैसा र मध्यम धानको दुईहजार ४६० रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
बैठकले साविकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र सिफारिशको कार्य अब तद्तद् व्यक्तिको सम्बन्धित गाउँ, नगर तथा उपमहानगरपालिका वा महानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

रामवीरको राजीनामा रोकियो : पराजयको संभावना रहेकाले उपनिर्वाचन नगरिने

काठमाडौँ, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय

'सरकारको कामकारबाहीका बिषयमा छलफल गरिदै'

काठमाडौ, कात्तिक । आन्तरिक कारण देखाउँदै पटक पटक स्थगित हुदै आएको सत्ता नेतृत्वकर्ता दल नेकपाको सचिवालय बैठक आज बस्दैछ ।  पार्टीको तल्ला कमिटिको

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी