• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

रत्नपार्ककाे रंगीविरंगी रुप (फोटो फिचर)

काठमाडाैं । वास्तवमा रत्नपार्क सबैलाई थाहा भएको स्थान हो । यसको अवस्था र यहाँ हुने गतिविधिबारे सबैलाई पत्तो हुन्छ नै । राजधानीको मुख्य केन्द्र मै रहेको तथा बसपार्कको छेवमै रहेका कारण पनि गाडीमा ओहर दोहोर गर्ने यात्रुका लागि विश्राम स्थलको रुपमा समेत पचिरित छ रत्नपार्क ।

तर, विगतको रत्नपार्क र अहिलेलेको रत्नपार्कमा आकाश–पातालको फरक पाइन्छ । विगतमा पार्कभित्र प्रवेशका लागि शुल्क लाग्दनथ्यो । फोहोर, कुरुप देखिन्थ्यो । चटकेले चटक देखाउने ठाँउ । फुटपाथे पसलेहरुले मकै, बदाम, खरबुजा, कुल्फी र आइसक्रिम बेच्ने ठाउँ । सडक बालबालिकाहरु खेल्ने ठाउँ । यौन धन्दाका लागि समेत बार्गेनिङ हुने स्थल । लागुपदार्थ सेवन गर्नेदेखि गैरकानुनी धन्दाहरु हुने स्थान । यस्तै यस्तै नकारात्मक परिचय बोकेको रत्नपार्क अहिले यस्तो छैन । 


अब रत्नपार्क सुन्दर, हरियालीमा रुपान्तरण भइसकेको छ । उद्यानको व्यवस्थापनका लागि पार्कले शुल्क उठाउने गरेको छ । पार्क प्रवेशका लागि न्यूनतम शुल्क तोकिएको छ । सुरक्षा रेखदेख पनि चनाखो पारिएको छ । 

अझ त्यो भन्दा पनि पार्क प्रविधिमैत्री बनाइएको छ । इन्टरनेश चलोस् नचलोस् गेटभित्र छिर्ने वित्तिकै पासवर्ड झुड्याइएको भेटिन्छ । अहिले बस्ने ठाउँ सफा छन् । पानी पर्दा ओत लाग्ने छाताको व्यवस्था छ । फूलबारीमा ढकमक्क फूलेका फूलले जो कोहीको मन लोभ्याउँछ र फोटो खिचिहाल्छन् । 

रत्नपार्कको निर्माण कार्य बि।स २०१८ सालमा तत्कालीन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहको ईच्छा अनुसार सुरु गरिएको हो । यसको निर्माण सम्पन्न भने २०२१ सालमा भएको थियो । पछि २०५८ साल जेठ ५ गते रत्नपार्क महानगरको मातहतमा आएपछि २०६३ साल कार्तिक १ गते देखि महानगरकै वातावरण विभागले यसको सञ्चालन तथा समबद्र्धनको जिम्मेवारी निर्वाह गर्दे आएको छ ।

रत्नपार्कका केही तस्वीरहरु 

 

प्रतिकृया दिनुहोस

भूउपग्रहको संरचना तयार : यान्त्रिक र वातावरणीय परीक्षण बाँकी

काठमाडौं, असोज  । अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ। रूस (तत्कालीन सोभियत

सप्तमीका दिन मनाइने फूलपाती : "कसरी र के के भित्र्याइन्छ त ?"

काठमाडौँ, असोज । प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिक