• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

अमेरिकामा आइटीसँगै मोडलिङमा जम्दै सुनिक्षा

काठमाडौं । सपनाको कुनै सिमा हुँदैन, त्यस्तै चाहनाको पनि कुनै गन्तव्य हुँदैन । जहाँ जसरी भएपनि मान्छेले आफ्नो चाहान व्यक्त गर्न सक्छन् र चाहे अनुसार त्यसलाई पुरा गर्ने कोशिश पनि गर्छन् । जहाँ समस्या त्यहा उपाय भने जस्तै विदेशमा गएर पनि मोडलिङ गर्न सकिन्छ भने उदाहरण बनेकी छिन्– सुनिक्षा । 
सुनिक्षा मैनाली बच्चा देखीनै स्कुले जीवनमा डान्स गर्ने गर्थिन् । पछि ठूलो भएर डान्सर हुने, मोडलिङ गर्ने उनको इच्छा थियो तर समयसँगै परिवारले उनलाई आइटी पढाउनको लागि अमेरिका पठाइन् । उनी १० बर्षदेखी अमेरिकामा आईटी सम्बन्धि अध्ययन गर्दै आईरहेकी छिन् । अमेरिका गएदेखि नै विभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिन थालेकी उनले विस्तारै फुसर्दको समयमा मोडलिङ शुरु गरेकी हुन् । 
उनले दिलिप रायमाझी र राज भल्लब कोईराला लगायत अमेरिकामै रहेका चर्चित मोडलहरुसँग गीतमा अभिनय गरिसकेकी छिन् । विस्तारै फिल्मको तयारी गरिरहेकी सुनिक्षा आफ्नो चाहनालाई समय अनुसार पूरा गरिरहेको बताउँछिन् । उनले नेपाली कला, संस्कृती झल्किने खालका कार्यक्रमहरु अमेरिकामा गर्दै आईरहेको पनि बताएकी छिन् । 
राजेश पायल राईको स्वरमा रहेको चमेलीको, दिपक लिम्बुको ह्यापि बर्थ डे, मिलन अमात्यको लाखौं तस्विर, रामकृष्ण दकालको कहाँ बाट लगायतका आधा दर्जन भन्दा गीतहरुमा उनले अभिनय गरिसकेकी छिन् । पछिल्लो समय उनको लाखौं तस्विर नामको गीत सार्वजनिक भएको थियो । उक्त गीतमा मिलन अमात्यको स्वर रहेका छ । यस्तै सुनिक्षाले गीतमा दिलिप रायमाझीसँग रोमान्स गरेकी छिन् । 
 

प्रतिकृया दिनुहोस

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि

‘मालिका’ले युनिभर्सल सर्टिफिकेट पाउँदा रेखा मक्ख 

काठमाडौं । अभिनयसँगै निर्देशनमा समेत अब्बलता हासिल गरेकी रेखा थापाको पछिल्लो चलचित्र मालिका प्रदर्शनका लागि तयार भएको छ । कार्तिक १६ गतेबाट