• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

तीजका गीतमा रमाए पुराना कलाकार  (फोटो फिचर)

तीजमय बन्दै बजार, नव गायक गायिकाहरूकाे दबदबा

काठमाडौं । झण्डै चार दशक कलाकारिता क्षेत्रमा योगदान पु¥याएकी अभिनेत्री लक्ष्मी गिरी अझै पनि उर्जावान् छिन् । नेपाल टेलिभिजनबाट अभिनय यात्रा शुरु गरेकी लक्ष्मीले त्यसयता कति फिल्ममा कस्ता चरित्र निभाइन्, सबैले देखेकै छौं । टेलिचलचित्रमा उनको भूमिकालाई सबैले रुचाएकै हुन् । त्यस बाहेक अहिले पनि उनको अभिनय यात्रा निरन्तर छ ।  हालै उनी राजधानीको रत्नपार्कमा एउटा तीजको गीतमा छमछमी नाच्दै गरेकी भेटिइन् । पर्दामा सबैले देखका लक्ष्मीलाई प्रत्यक्ष देख्दा सेल्फी खिच्नेको कमी थिएन त्यहाँ ।

साथमा अर्की पुरानी अभिनेत्री रमा थपलिया पनि थिइन् । उनले पनि नेपाली कलाकारिता क्षेत्रमा लामो संघर्ष गरेकी थिइन् । टेलिचलचित्र तीतो सत्यकी मुख्य चरित्र अभिनेत्री थपलिया पनि तीज गीतकै लागि रत्नपार्क पुगेकी थिइन् ।

गत सोमबार राजधानीको रत्नपार्कमा राजनीतिक जनचेतनामूलक एउटा गीतको छायांकन भइरहेको थियो । हातमा राष्ट्रिय झण्डा बाकेर कलाकारहरु अभिनय गरिरहेका थिए । यही बीचमा पुरानी चिर परिचित अनुहार लक्ष्मी कम्मर मर्काउँदै थिइन् भने अर्की कलाकार रमा थपलिया पनि अभिनयमा व्यस्त थिइन् ।

तीजले तात्यो बजार

नेपाली नारीहरुको महान पर्व तीज आउन एक महिनाभन्दा केही दिन बढी समय बाँकी रहँदा बजार भने तीजमय बनेको छ । साउन महिनाको सोमबारे व्रतले तीजको झल्को दिइरहेका बेला तीजसँग सम्बन्धीत सार्वजनिक गीतले बजार झन तातेको हो ।

पहिले पहिलो पीर वेदना पोखिएका गीत सुन्न पाइन्थे तर, अहिले अवस्था त्यस्तो छैन । प्रविधिले फड्को मारेको अवस्थामा देश–विदेश, गाउँ–शहरमा एकैक्षणमा सुख–दुःख साट्न पाइन्छ, पीर–वेदना पोख्न पाइन्छ । जसरी तीजको मौलिकतामा परिवर्तन आएको छ, उसैगरी अहिले तीजका गीतहरुमा पनि फरकपन देख्न सकिन्छ ।

अहिले बजारमा आएका अनेकथरी गीतले तीजको मूल मर्म विर्सेको आभाष हुन थालेको छ् । हाउडे तथा उच्छृंखल गीतका भिडियोले युट्युव ‘राताम्य’ बनेका छन् । यसो भन्दैमा सबै गीतले तीजको संस्कृति र मर्म भुलेका भने होइनन् ।

पुराना कलाकारको पुनरागमन

सधै काँचको पर्दामा देखिने कलाकारका लागि तीज पर्व अझ विशेष हुन्छ । यो समय उनीहरुलाई खानेसम्मको पनि फूर्सद हुँदैन । के नयाँ के पुराना ? सबै कलाकार तीजको गीतमा व्यस्त बनेका हुन्छन् । पछिल्लो समय पार्क तथा सुटिङ स्पटमा तीजकै गीतको धमाधम छायांकन चलिरहेको हुन्छ । गीतको भाषा र मर्म अनुरुप क्यामरा अगाडि कलाकार छमछमी नाचिरहेका हुन्छन् ।

तीजका गीतमा नयाँ कलाकारहरुले दबदबा जमाइरहेका बेला पुराना कलाकार पनि कम्ति भने देखिएका छैनन् । चलचित्र तथा टेलिचलचित्रका चिर परिचत पुराना अनुहार भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, रमा थपलिया लगायतले सदा झैँ यो वर्ष पनि तीजका गीतमा अभिनय गरेका छन् ।

हालै सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ बोलको गीत सार्वजनिक भयो । उक्त गीतमा पनि पुराना अभिनेत्रीको बेजोड छमछमी देखियो । जुन गीत सारिका घिमिरको आवाजमा रहेको छ भने नेपालको पहिलो अभिनेत्री भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रकी अभिनेत्री चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, अभिनेत्री रुपा राना, सारिका घिमिरे लगायतले अभिनय गरेका छन् ।

नव प्रवेशीका लागि उत्तम साइत

हाल बजारमा सार्वजनिक भएका गीतहरुको बाढी देख्दा लाग्छ तीज पर्व नारीहरुको पर्वमा मात्र सीमित नभएर गायक–गायिका जन्माउने पर्वका रुपमा समेत देखिन थालेको छ । तीजलाई लक्षित गरी बजारमा आएका दर्जनौं गायक गायिकाहरुहरुका गीतले यसलाई पुष्टि गरेको हो ।

चलेका गायक गायिकाहरुले त हरेक वर्ष जसो तीजको केही न केही कोसेली बजारमा ल्याएकै हुन्छन् । त्यो भन्दा बढी नयाँ गायक गायिकाहरु यो समय बजारमा छाउँछन् । उनीहरु एक पटकका लागि भए पनि गीत बजारमा ल्याउँछन् । अर्को पटक कता हराउँछन् अत्तोपत्तो हुँदैन ।

विगतका वर्षहरुमा तीजमा छाएका नवप्रवेशी गायक गायिकाहरुको निरन्तरता नदेखिँदा यसको पुष्टि भएको हो । उनीहरु आफ्ना गीत फ्लप भएपछि गायन क्षेत्रबाटै विस्थापित भएको अवस्था पनि देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

काठमाडौं आज यो वर्ष हालसम्मको सबैभन्दा चिसो

काठमाडौँ – बुधबार देशका पूर्वी र पश्चिमि भूभागका साथै मध्य पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी भूभागमा

चीनले हिन्द महासागरमा आफ्नो प्रभाव बढाउदै

काठमाडौं, मंसिर । भारतीय जलसेनाले चीनको प्रभाव पछिल्लो समय हिन्द महासागरमा  बढ्दो क्रममा रहेको  बताएको छ । दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव

अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ ।‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली