• सोमबार ७-५-२०७५/Monday 10-22-2018

बाढी पूर्वानुमान शाखा भन्छ : "खोलानाला आसपास सतर्कता अझै "

बुधबारदेखि मौसममा केही सुधार हुुने

तस्बिर : फाइल फोटो


काठमाडौं, साउन । केही दिनदेखिको भएको लगातार बर्षाले जनजीवन अस्तब्यस्त बनेका बेला आज पनि  देशभर वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  मौसममा अझै सुधार भइनसकेको जनाएको छ । 
महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ । मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार हुनेछ ।  महाशाखाले साउन २२ गते (मंगलबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ। 
दिउँसो देशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको छ भने रातको समयमा मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।
साउन २३ गते बुधबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ। 
मंगलबार राति पूर्व तथा मध्यका एक वा दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साउन २४ गते बिहिबार दिउँसो र राति देशभर सामान्यतया बदली रही देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।
यता, बाढी पूर्वानुमान शाखाले हाल देशको कुनै पनि नदीनालाहरुमा खतरातह भन्दा माथि बहाब नरहेको जनाएको छ । बुधबार बेलुकीसम्म खतरा तह पार गर्ने संभावना न्यून रहेको पनि शाखाले जनाएको छ । 
तर देशैभर हल्कादेखि मध्यम वर्षा र केही स्थानमा क्षणिक भारी वर्षाको संभावना भएकोले स–साना खोलानाला आसपास सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सिद्धिदात्रीको उपासना गरिदै : धार्मिक विश्वास के छ त ?

  या देवी सर्वभू‍तेषु मां सिद्धिदात्री रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।। अर्थ हो माता ।  सर्वत्र विराजमान तथा माता

भूउपग्रहको संरचना तयार : यान्त्रिक र वातावरणीय परीक्षण बाँकी

काठमाडौं, असोज  । अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ। रूस (तत्कालीन सोभियत