• सोमबार ५-४-२०७५/Monday 08-20-2018

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा ज्यान गुमाउनेकाे संख्या ८२ पुगेकाे छ ।  इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । विद्युत आपूर्ति बन्द भएको छ । इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् ।

छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएकाे थियाे । तर अहिले त्यस्ताे खतरा नरहेकाे भन्दै फिर्ता लिइएकाे छ ।
प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६.४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियाे ।

प्रतिकृया दिनुहोस

जब रगतले समुद्र नै रक्ताम्य बन्यो...?

बीबीसी । स्कटल्याण्डको फअरो आइसल्याण्डस्थित एक समुन्द्र रगतले रातो भएको भयो । वास्तवमा ह्वेलको शिकार गरिएकाले पानीमा रगत मिसिएपछि समुन्द्र रातो

फिजिमा ८.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ । आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको

"चिनियाँ विज्ञको सुझाव : बच्चा छैन ? कर तिर्नुस्"

बेइजिङ, भदौ ।  चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् ।  उनीहरूले बच्चा जन्माउन