• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

"नदी आसपासका बासिन्दालाइ सतर्कता अपनाउन आग्रह, जनजीवन अस्तव्यस्त"

काठमाडौं उपत्यकामै खतरा


काठमाडौं, साउन  । निरन्तरको अबिरल बर्षाले मुलुकभरकै जनजीवन अस्तव्यस्त बनेको छ । आइतबार मात्रै एक दर्जन मानिसको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका छन् । 
नदी, नालामा पानीको सतह बढ्दा बस्ती नै जोखिममा परेको छ । गुडिरहेको बस समेत बगाएको छ । 
बाढी पूर्वानुमान शाखाले लगातारकोगरेको छ । सोमबार प्रायः नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान शाखाले गरेको छ । 
कन्काई, कमला, बागमतीलगायतमा बहाब सोमबार दिउंसोसम्म रहने संभावना रहेकाले  आसपास हुनेले सतर्कता  अपनाउन  शाखाले जनाएको छ । 
दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहन समेत आग्रह गरिएको छ । बागमती तराइको क्षेत्रमा दिउँसो २ बजेतिर सतर्कता तह नजिक पुग्न सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकामा समेत सचेत रहन आग्रह गरिएको छ । बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जनाइएको छ ।
 त्यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमतीलगायतमा बहाब बढ्दो रहेको शाखाले जनाएको छ । 
शाखाले होचो क्षेत्रमा डुवान हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ । 
भक्तपुरको मध्यपुरथिमिस्थित राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ । आइतबार ७० घर डुबानमा परेका थिए भने सोमबार बिहान पनि डुबानमा परिने डरले स्थानीय त्रसित भएका छन् । केही घरहरु हनुमन्ते खोलाले डुबाएको छ । 
स्थानीय प्रहरीले उद्दारका लागि तयार रहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

'को होला नयाँ प्रधानन्यायाधीश ? ' हुँदै सिफारिस : आज संवैधानिक परिषद बैठक

काठमाडौं, मंसिर । आज धानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक  ११ बजे बस्दैछ । नयाँ प्रधानन्यायाधीश को होला भन्ने कौतुहलता जागेका बेला

'पछिल्लो अनुसन्धान पनि शंकास्पद : पाँच महिना पुग्यो, प्रहरी हत्यारा नजिक पुग्न सकेन'

काठमाडौं, मंसिर । "कञ्चनपुरकी  निर्मला पन्तको बलात्कारपछि हत्या  गरिएको प्रकरणको अनुसन्धान जटिल मोडमा पुगेको छ । १३ वर्षीया निर्मलालाई

"जहाँबाट उठाएर तत्कालीन माओवादीका प्रमुख प्रचण्डसंग तत्कालीन गृहमन्त्री सिटौलाले वार्ताको थालनी गरे "

काठमाडौं, मंसिर । कास्कीको  सिक्लेस - जहाँबाट सशक्त द्धन्द्धमा रहेको तत्कालीन माओवादीका प्रमुख प्रचण्डसंग तत्कालीन गृहमन्त्री सिटौलाले वार्ताको