• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

हनुमन्तेको बाढीले भक्तपुर फेरि डुबानमा

भक्तपुर । लगातारको वर्षापछि भक्तपुरको हनुमन्ते खोलमा आएको बाढीका कारण  मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ। गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो।

हनुमन्तेको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायतका क्षेत्र डुबानमा परेको छ।  

अविरल वर्षाले हनुमन्तेमा पानीको बहाव बढ्न थालेपछि रातिदेखि सुरक्षाकर्मी उच्च सतर्कतासाथ बसेको र डुबानग्रस्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।  बिहानीपख वर्षा रोकिएपनि खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले नागरिकलाई सुरक्षित र उच्च सतर्कतासाथ रहन निर्देशन दिइएको छ । 
 

प्रतिकृया दिनुहोस

टुँडिखेलमा फूलपाती बढाइँ : विधिपूर्वक दुर्गाको आह्वान

काठमाडौँ, असोज । सैनिक मञ्च टुँडिखेलमा आज बडादशैँको सातौँ दिन फूलपाती बढाइँ गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ

आजदेखि चार दिनसम्म भूतमेला

गौशाला, असोज ।  बडादशैँका बेला परम्परादेखि सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा मंगलबारदेखि भूत मेला शुरु भएको छ

कार्तिक १६ मा कांग्रेसको चियापान : बाँस्तोलाको निधनले मिति परिवर्तन

  काठमाडौं, असोज । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ