• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

"भदौ १५ भित्रै मुख्य सडक कालोपत्रे गर"

निर्माण तथा मर्मत सम्भार प्राथमिकतामा


काठमाडौँ, साउन । सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो । 
प्रधानमन्त्री ओलीले यही साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए । 
वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने र विभिन्न करिडोरका सडकको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता दिइने भएको छ । 
काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गका रुपमा रहेको कलंकी–नागढुंगा सडकमा समेत उस्तै समस्या रहेको छ । स्थानीय बासिन्दाले समस्या समाधान नभएको र निर्माण व्यवसायीलेसमेत समयमै काम नगरेका कारण सो सडकखण्ड निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न हुन सकेको छैन । 
प्रधानमन्त्रीले स्थानीय र यात्रुको चासोलाई सम्बोधन गर्दै सडक निर्माण तथा मर्मत सम्भारलाई विशेष ध्यान दिन निर्देशन दिए । यस्तै काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने, सडकमा सडक संकेतको व्यवस्थासमेत गरिने भएको छ । 
कानूनी तथा प्रशासनिक झमेलाका अतिरिक्त वर्षात्ले काठमाडौँ उपत्यकको सडक निर्माण र विस्तारले तीव्रता पाउन नसकेको भए पनि नागरिकले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रधानमन्त्री आफैले चासो व्यक्त गरे । 
यस्तै खानेपानी मन्त्रालयले मेलम्ची खानेपानीका पाइपलाइन बिच्छ्याउने, पानी वितरण गर्नेलगायतका काम समयमै सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ । 

प्रतिकृया दिनुहोस

महँगियो च्याङ्ग्राको मूल्य : तिब्बतबाट कम आयात

बागलुङ, असोज । यस बर्षको दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चारहजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन्

ठूला उद्योगी व्यवसायीले नै कर तिरेनन्

विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विराटनगरस्थित आन्तरिक

क्लियरिङ हाउसले २० प्रतिशत लाभांश दिने

  काठमाडौं, असोज । नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले