• आज : Wednesday 17 January 2018
    2:56:09 NST

भोजपुरको सदरमुकाम भीषण आगलागी, लाखौंको क्षति

भोजपुर, ६ मंसिर । भोजपुर जिल्लाको सदरमुकाममा हिजो साँझ लागेको आगलागीबाट लाखौंको क्षति भएको छ । ग्यास पड्किएर सल्केको आगोले भोजपुरबजारमा भीषण आगलागी भएको हो । आगलागीबाट १२ भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सुन पसलबाट सुरू भएको आगो निभाउन निकै दुई घण्टा लागेको थियो । सदरमुकाममा एउटा मात्र दमकल भएको हुँदा आगो निभाउन कठिन भएको हो । नेपाल प्रहरी, सशस्त्र तथा सेना र स्थानीयको सहयोगमा आगलागी शुरु भएको दुई घण्टापछि नियन्त्रण आएको थियो ।

Comment

Related News