• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

टेलिकमको भ्वाइस टेलिफोन’ सेवा

तीन महिनाका लागि निःशुल्क



काठमाडौँ, साउन । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ । 
सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले   सञ्चारकर्मीलाइ बताइन । 
आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ । 
हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । 
बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ । 
हाल उपत्यकाको कीर्तिपुर, सैंबु, गोँगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगञ्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ । 
टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजनाअनुरुप फाइबरबाट उच्च गतिको एफटिटीएच सेवा वितरण शुरु गरेको हो । 
कम्पनीले एफटिटीएच सेवा बृहत्रुपमा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पु¥याई आवाज, उच्च गतिको इन्टरनेट, दृश्य सेवा प्रदान गर्न सकिने भएकाले यसलाई प्रभावकारी मानिएको छ । 
ग्राहकमाझ सस्तो तथा सुलभ दरमा एफटिटीएच सेवा उपलब्ध गराउन हाल वर्षाद् योजना (मनसुन अफर) अन्तर्गत विभिन्न प्याकेजका रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । 
व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक  फरक महसुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सामसुङको ट्रिपल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक

 काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङ पनि स्मार्टफोनहरुमा चलिरहेको क्यामेराको युद्धमा सामेल भएको छ । विहीबार उसले तीन क्यामेरा भएको ग्यालेक्सी

काठमाडौंको ६ स्थानमा फ्रि वाईफाई

काठमाडौं ।  काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ ।  काठमाडौं

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को, भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी