• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

"बिश्वमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग हुनुपर्छ"

डिजिटल नेपाल कन्फरेन्स


काठमाडौँ, साउन  ।  राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा हामी कुद्न सकेनौँ भने हामीलाई कसैले पर्खेर नबस्ने उल्लेख  गरे । ओलीले भने,  सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा छ । 
सरकारले विद्युतीय भुक्तानी शुरु गरिसकेको र शिक्षा क्षेत्रमा डिजिटलको प्रयोग अस्वीकार गर्न नसकिने भइसकेको जनाउँदै उनले मुलुकको उत्पादन र उत्पादकत्व बढाउन नागरिकको क्षमता वृद्धिका लागि सम्मेलनले उपयोगी निष्कर्ष निकालिने बताए ।  
उनले भने, “सन् २०३० भित्र सहस्राब्दी विकास लक्ष्यमार्फत समाजको सम्पूर्ण विकासका लागि नेपाल सरकार तत्पर छ । यो हाम्रो कर्तव्यमात्र होइन आवश्यकता पनि हो । त्यसैले यसका लागि डिजिटल नेपालको अवधारणा कार्यान्वयन हुनु अपरिहार्य छ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिले सहज सेवा प्रवाह, आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले छिमेकी भारत र चीनले सूचना प्रगतिमा गरेको प्रगतिलाई आत्मसात् गरी कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन आदिका क्षेत्रमा यसको प्रयोगको व्यापकता गरिने बताए । 
उनले नागरिकको जीवन सहज बनाउन तथा सूचना एवं ज्ञान बाँड्न सम्मेलनबाट प्राप्त सुझावबाट सरकारको समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न योगदान मिल्ने बताए । 
सम्मेलनमा सूचना प्रविधिसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ र संस्थाका प्रतिनिधिको सहभागिता छ ।

प्रतिकृया दिनुहोस

गुगलमा यी कुरा झुकिएर पनि सर्च नगर्नुहोस

काठमाडौं, मंसिर । मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा

कार्यान्वयनमा आएन एनालग विस्थापन घोषणा : सरकारलाई घाटा

  काठमाडौं, मंसिर । सरकारले नेपाल भर एनालग प्रविधि विस्थापन गर्न नयाँ नियममावली तयार पारी २०७४ बैशाख १५ गतेसम्म देशका प्रमुख शहरहरुमा एनालग

सूचना प्रविधिमा चीनको प्रयास : सफल भए केही वर्षमा विश्वभर 'फ्रि वाईफाई'

काठमाडौं, मंसिर  । चीनको एक निजी कंम्पनीले विश्वभरी फ्रि वाईफाई दिने योजना सहित २७२ स्याटेलाईट लन्च गर्ने तयारी गरिरहेको छ । फ्रि वाईफाई योजना