• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

"प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत"

नेपाली कांग्रेसद्धारा बैठक बहिष्कार


काठमाडौं, साउन ।  संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ। समितिको शुक्रबारको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले सञ्चारकर्मीलाइ जानकारी दिए।
जोशीलाई दुई तिहाइका आधारमा समितिले अस्वीकृत गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेर निस्केपछि बसेको समितिको बैठकले मतदानका आधारमा दुई तिहाइले जोशीको सिफारिश अस्वीकृत गर्ने निर्णय गरेको हो।
अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शुन्य भोट परेकाले जोशीको सिफारिश अस्वीकृत भएको हो । 
१५ सदस्यीय समितिमा संघीय समाजवादी फोरम र नेकपाका सांसदको दुई तिहाइ पुग्छ।
संसदीय सुनुवाई बिशेष समितिले सिफारिस भएका ब्यक्ति अस्वीकार गरेको यो पहिलो पटक हो। झण्डै पाँचघण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गरेको हो।

कांग्रेसले दुई तिहाइले प्रधानन्यायाधीश सिफारिश भएका व्यक्तिलाई अस्वीकृत गर्नु न्यायालयमाथिको हस्तक्षेप भएको भन्दै आफूहरूले बैठक बहिष्कार गरेको कांग्रेस सांसदहरुले बताएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेको थिएन।
जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने र नगर्ने भन्नेमा बुधबार दिनभर दुवै दलका शीर्ष तहदेखि समितिका सदस्यहरूबीच लामो माथापच्ची चलेको थियो । 
समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य लक्ष्ममणलाल कर्णले प्रक्रिया अघि बढाउने विषयमै सहमति नजुटेपछि शुक्रबारका लागि बैठक सारिएको थियो।

प्रतिकृया दिनुहोस

नेपालमा आठ रेक्टरको भूकम्प आउने खतराः वैज्ञानिक

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय

"सङ्घीयता नयाँ विषय भएकाले बलियो बनाउन लाग्नुपर्छ"

काठमाडौँ, मंसिर । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा  प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आज

न्याय परिषदद्धारा प्रधानन्यायाधीशका लागि जोशी र राणाको नाम सिफरिश

काठमाडौँ, मंसिर । संवैधानिक परिषद् बैठक आज  बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बैठक