• सोमबार ५-४-२०७५/Monday 08-20-2018

"स्थानीय सभाबाट पारित : प्रदेशको सिफारिशमा संघले परिवर्तन"

१६ को नाम, ५० को केन्द्र र २१ को दुवै परिवर्तन


काठमाडौँ, साउन । साविकको नाम र केन्द्र ९२ स्थानीय तहको परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिलेसम्म ९२ वटा स्थानीय तहले नाम र केन्द्र प्रदेशको सिफारिशमा संघले परिवर्तन गरेको हो । 
अहिलेसम्म १६ वटा स्थानीय तहको नाम, ५० स्थानीय तहको केन्द्र र २१ स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन भएको मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव प्रह्लाद कार्कीले  सञ्चारकर्मीलाइ जानकारी दिए । 
महाशाखाका अनुसार कानूनबमोजिम नाम र केन्द्र परिवर्तन गर्न आएका स्थानीय तहका निवेदनलाई परिवर्तन गर्न सिफारिश गर्ने र कानूनबमोजिम नआएकालाई फर्काइएको  हो । 
 गाउँ वा नगरसभाले साविक नाम र केन्द्र परिवर्तनका लागि प्रदेश सरकारको सिफारिशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिने गर्दछन् र सो निवेदन आवश्यक हेरी सामान्य मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नाम र केन्द्र परिवर्तन गर्नका लागि सिफारिश गर्दछ । 
ऐनको दफा ४ को नगरपालिका र गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था रहेको छ । जससम्बन्धी नगरपालिका वा गाउँपालिकाको सभाको नाम र केन्द्र परिवर्तन गर्न दुई तिहाइ बहुमतले गर्नुपर्ने, निर्वाचन भएको छ महिनाभित्र सभाको सामान्य बहुमत निर्णय गरेपछि नाम र केन्द्र परिवर्तन गर्न सक्ने प्रावधान रहेको छ । 
यसैगरी मन्त्रालयले पोखरा–लेखनाथ महानगरपालिकाको नगरसभाले पोखरा मात्र नाम राख्ने गरी पठाएको सिफारिशलाई मन्त्रिपरिषद्मा पठाएको छ । 
मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त महानगरपालिकाको नाम पोखरा रहनेछ । 
 

प्रतिकृया दिनुहोस

सूचनाको हकसम्बन्धी ऐनले के भन्छ ?

काठमाडौं, साउन  ।  आज  राष्ट्रिय सूचना दिवस मनाइँदैछ   । यो ११औँ राष्ट्रिय सूचना दिवस हो । सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा यो दिवश

"अदालतको आदेश रिहाई गर्ने : गृहमन्त्री वादलको आदेश पक्राउको"

काठमाडौंः साउन । सर्वोच्च अदालतले रिहाइको आदेश भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले पुुुनः पक्राउ गरेको छ ।  नेत्रविक्रम चन्द

"विश्वकर्मा 'प्रकाण्ड' लाई थुनामुक्त गर"

काठमाडौँ, भदौ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका