• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

मुम्बईका कोठीमा नेपाली चेलीको चित्कार (खोज खबर भिडियोसहित)

काठमाडौं । भारतीय बजारमा नेपाली चेलिबेटी बेचविखनको डरलाग्दो रुप देखिएको छ । पछिल्लो एक साताको अवधिमा दिल्लीका विभिन्न होटेलबाट ७४ नेपाली युवतीको उद्धार गरिएको समाचार सार्वजनिक भएसँगै मानव तस्करीको जालो कतिसम्म मौलाएको रहेछ भन्ने प्रष्ट भएको हो । 
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार, एक सातामा ३ पटक उद्धार गरिएको हो । भारतको मुनिर्का, मैदानगढी र पहाडगञ्जका विभिन्न होटलबाट ७४ जना नेपाली युवतीहरुको उद्धार गरिएको उनको भनाइ छ ।  उद्धार गरिएका सबै महिलाको उमेर १८ देखि २२ वर्षसम्म रहेको छ । बेचिएका चेलीहरुलाई भारतका विभिन्न कोठीहरुमा जबरजस्ती यौन कार्यमा लाग्न बाध्य पारिंदै आएको अनुसन्धानबाट खुलेको छ ।
करिव दुई बर्ष देखि भारतको दिल्ली, उत्तर प्रदेश, हैदराबाद र जयपुरमा युवती बेचविखन गर्ने गिरोह सक्रिय रहेको भारतिय प्रहरी अनुसन्धानबाट खुलेको छ । केहि दिन अघि मात्र भारितय प्रहरीले बेचविखनमा संलग्न नेपाली नागरिक सहितको एउटा गिरोका केही सदस्य पक्रिएको थियो । प्रहरीका अनुसार, त्यो गिरोहले १ हजारभन्दा बढी युवतीलाई अवैध रूपमा खाँडीका ओमान, कुवेत, दुबईका साथै अफ्रिकी महादेशमा पठाएको खुलासा भएको छ । नेपालबाट खाडी र अफ्रिकामा महिलालाई घरेलु कामदारका जान रोक लगाइएपछि तस्करहरूले भारुतको बाटो प्रयोग गर्ने गरेका छन् । यसका लागि उनीहरूले विमानस्थलमा सेटिङ मिलाउने गरेको दाबी छ ।

प्रतिकृया दिनुहोस

‘क्याप्टेन’ गीतः निरुतामाथि भुवन र अनमोलको आँखा (भिडियो)

काठमाडौँ ।   एक मध्यमवर्गीय युवकले राष्ट्रिय टिमको फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘क्याप्टेन’ को दोस्रो

प्रकाश बराईलीको शब्दमा दलितको ‘दियो बल्दैन’ (भिडियोसहित)

काठमाडौं । ‘गणतन्त्रको संविधान बनेनी, छुवाछुतको अन्त्य भो भनेनी, दलितको दियो बल्दैन, संविधान बनेनी देशमा अझै हाम्रो पानी चल्दैन’ । यि शब्द हुन

६ दिनमा ‘बुट्टे रुमाल’ गीतले चार लाख दर्शक बनाउदै मच्चायो धमाका (भिडियोसहित)

काठमाडौं, २३ माघ । नेपाली लोक सांगीतिक क्षेत्रमा लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक बिमलराज क्षेत्रीले भर्खरै बजारमा ल्याएको गीत ‘बुट्टे