• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

५ वर्षको धम्कीदिने सरकार ५ महिनामै झुक्यो– डा.महत

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पाँच वर्षका लागि भनेर शासन सत्तामा अधिनायकवाद लाद्न खोजेको सरकार जनताको बलको सामु पाँच महिनामै झुक्न बाध्य भएको बताउनुभएको छ । 

विपी स्मृति दिवसका अवसरमा नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ ३ नम्बर प्रदेश समितिले आज राजधानीमा आयोजना गरेको गोष्ठीमा बोल्दै उहाँले भन्नुभयो– दुई तिहाई बहुमत या पाँच वर्षे कार्यकाल जे भनेता पनि उसको स्वेच्छाचारितालाई जनताले घुँडा टेकाइदिने बताउनुभयो । 

नेपाली काँग्रेसले ल्याएको चिकित्सा शिक्षा विधेयकमाथि आफू अनुकुल परिवर्तन गर्न खोजेपछि र डा.गोविन्द केसीको अनशनमा काँग्रेसले समर्थन गरेर सडक र सदनबाट दबाव सिर्जना गरेपछि सरकारका सामु केही नचलेको उहाँको दाबी थियो । 
सो अवसरमा डा.महतले भन्नुभयो– वर्तमान सरकारका लागि यो ठूलो पाठ हो र आगामी दिनमा पनि आफ्नो बहुमत छ भन्दैमा जनविरोधी र संविधान विपरीतका जस्तोसुकै निर्णय पनि फिर्ता लिनुपर्छ त्यसैले अधिनायकवादी शैलीमा आगामी दिनमा अघि नबढ्दा राम्रो हुन्छ ।

जनताको पक्षमा वर्तमान सरकारले कुनै पनि काम नगरेको भन्दै उहाँले निर्वाचनका बेलामा जारी भएको घोषणा पत्र कहाँ छ भनेर एक पटक पल्टाएर हेर्न पनि आग्रह गर्नुभयो ।

बृद्धबृद्धालाई भत्ता, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नागरिकको पक्षमा नीति निर्माण तथा मानौँ कि कम्युनिष्ट सरकार बनेपछि वर्षदिनभित्रैमा रेल कुद्छ भन्नेजस्तो अनर्गल प्रचार चुनावको बेलामा गरेर भोट तान्ने मात्र काम गरेको र त्यो कुरा अहिले आएर जनताले छर्लंगै बुझेको पनि उहाँले बताउनुभयो ।

कम्युनिष्टहरुको राष्ट्रवाद नक्कली हो भन्ने निष्कर्ष काँग्रेसको आज आएर पूर्ण रुपमा नै प्रमाणित भइसकेको र यसलाई जनताले बुझ्न अब अरु समय नलाग्ने उहाँले बताउनुभयो । 
महंगी बढेको, अनावश्यक र अनायासै बढेको करको दायराका कारण जनताको ढाड सेक्ने काममात्र भएको र त्यसैका कोराण देशमा महंगी बढेको भन्दै तर यस्तो बेथिति नियन्त्रणतर्फ भन्दा पनि सरकारका मन्त्रीहरुको ध्यान कमाउनेतिर मात्र पुगेकोले देशमा अराजकता सिर्जना हुने आरोप पनि उहाँले लगाउनुभयो ।

 सहमहामन्त्री डा महतले वर्तमान सरकालाई असहयोग गर्ने या आजै या भोलि नै आन्दोलन गरेर सरकार ढाल्नेजस्ता काम काँग्रेसले नगर्ने स्पष्ट गर्दै तर पनि संविधान विपरीत जाने र अहिलेजस्तो प्रशासन र सुरक्षा निकायलाई आफ्नो छायाँभित्र मात्र राख्न खोज्ने प्रवृत्तिका विरुद्ध भने काँग्रेस डटेर लड्ने बताउनुभयो । 

डा.महलते प्रजातन्त्रको गहनाका रुपमा रहेको स्वतन्त्र प्रेसलाई आफ्नो गुणगानमात्र गाउने साधनका रुपमा चल्न आदेश दिएर त्रासको वातावरण सिर्जना गर्न खोजेका गुनासाहरु पत्रकारहरुबाटै आएकोले यसका विरुद्ध प्रेसले पनि आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताउनुभयो । 

नेता डा.महतले विपी कोइराला एसियाका नेता हुनुहुन्थ्यो भन्दै उहाँले जनतालाई कम्युनिष्टहरुले जस्तो आश्वासन नभएर समृद्धि बाँड्नकै लागि विसं २०१२ मा नै समाजवादको नारा तय गर्नुभएको धारणा पनि राख्नुभयो ।
 

प्रतिकृया दिनुहोस

प्रदेश नं ३ : राजधानी बिबाद मतदानबाट टुंगो लगाइने

हेटौंडा, मंसिर । मतदान प्रक्रियाबाट प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन राजनीतिक दलबीच सहमति भएको छ।  सभामुख सानुकुमार श्रेष्ठले सोमबार

प्रदेश  ५ : प्रदेशसभा बैठक २६ गतेका लागि बोलाइदै

  बुटवल, मंसिर ।  यही मंसिर २६ गतेप्र देश ५ प्रदेशसभाको बैठक बस्ने भएको छ। मन्त्रिपरिषद् बैठकले २६ गते दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गर्नका लागि

गण्डकी प्रदेश समन्वय परिषद् बैठक

पोखरा, मंसिर । गण्डकी प्रदेश समन्वय परिषद्को बैठकले विभिन्न २६ बुँदे निर्णय  गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा